भिमेश्वर नगरपालिका वडा नम्बर १ मा एक जना मृत अवस्थामा फेला

चरिकोट(दीस) – दोलखा भिमेश्वर नगरपालिका वडा नम्बर १ का कार्यालय सहयोगी गोपी थामी बुधवार विहान मृत्यु भएको छ ।  वडा कार्यालयमा काम गर्दै आएका ३५ वर्षिय गोपी थामी बुधवार विहान मृत अवस्थामा फेला परेका थिए । । मंगलबार विहानदेखि घरबाट निस्केका थामीलाई चरिकोट÷सिंगटी सडक अन्तर्गत सुस्पाक्षमावती खण्डको नालामा मृत अवस्थामा फेला पारिएको स्थानीयले बताएका छन् । स्थानीय जंग थामीका अनुसार मृतकको टाउकोमा गम्भिर चोट लागेको र शव फेला परेको स्थानबाट करिव डेढ सय मिटरको दुरीमा रगत देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रवक्ता प्रहरी निरीक्षक रञ्जन कोईरालाले शव पोष्टमार्टमका लागि सदरमुकाम चरिकोट स्थित प्राथमिक स्वास्थ्य केनद्र ल्याईएको र घट्नाबारे अनुसन्धान भैरहेको बताए ।

Shares

Be the first to comment on "भिमेश्वर नगरपालिका वडा नम्बर १ मा एक जना मृत अवस्थामा फेला"

Leave a comment

Your email address will not be published.


*