भिमेश्वर नगरपालिका बालमैत्री नगर घोषणा हुदै

दोलखा–दोलखाको भीमेश्वर नगरपालिकाले “बाल मैत्री नगरपालिका” घोषणाको तयारी अन्तिममा पुगेको जनाएको छ । विहिबार पत्रकार भेटघाट मार्फत नगरपालिकाका मेयर भरत कें.सीले तयारी अन्तिम चरणमा पुगेको बताए । यो नगरपालिका ३ नम्वर प्रदेशकै पहिलो वालमैत्री नगर घोषणा हुन लागेका हो । नगरपलिकाले वालमैत्री नगरपालिका घोषणाका लागि पुरा गर्नुपर्ने ३९ वटा सुचकहरु पुरा गरेको जनाएको छ । प्रदेश नम्वर ३ मा नै भिमेश्वर नगरपालिका पहिलो वालमैत्री नगरपालिका घोषणा गर्न यहि भाद्र २९ गते मिति तय गरीएको भिमेश्वर नगरपालिकाका प्रमुख केसीले जानकारी दिए । नगरपालिकाले सेवा प्रवाह सम्वन्धी वाल बचाउका १० ओटा, वाल संरक्षणका ५ ओटा, वाल विकासका ६ ओटा, र बाल सहभागिताका ६ ओटा गरी २७ ओटा सुचक र संस्थागत विकास सम्बन्धी १२ ओटा सुचक पुरा गरी बालमैत्री स्थानीय तह घोषणा सम्बन्धी १६ ओटा चरणहरु पुरा भएको बताइएको छ । नगरपालिकाले वालमैत्री स्थानीय शासन अवधारणा सम्बन्धमा सम्पुर्ण सरोकारवालाहरुलाई अभिमुखिकरण, वालमैत्री स्थानिय शासन नगर समिति वडा समिति, वाल अधिकार संरक्षण र संवद्धन समिति, नगर वाल संजाल, वाल कल्वको गठन तथा परिचानलन गर्दै आएको छ । योजना तर्जुमाको चरणमा समेत वालवालिकाको प्रतिनिधीत्व गराई वाल भेला गराई वालबालिकाहरुको सवाल पहिचान गरी नगर सभाबाट सम्बोधन गर्नुका साथै वालमैत्री आचर संहिताको लागु गराई वाल कल्याण कोषको समेत स्थापना गरेको छ । ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री यूवराज दुलालबाट २९ गते “वालमैत्री नगर” घोषणा हुने कार्यक्रम तय भएको जनाइएको छ । यो नगरपालिका “बाल मैत्री नगर” ३ नम्वर प्रदेशकै पहिलो नगरपालिका र नेपाल भरको चौथो नगरपालिकाका हुने प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काले बताए । हरेक स्थानिय तहलाई वालमैत्री स्थानीय तह बनाउने सरकारको लक्ष्य अनुसार वालमैत्री स्थानीय तह घोषणा कार्य्विधी २०७० वमोविमका प्रकृयाहरु पुरागरी स्थानिय तहलाई वालमैत्री स्थानिय तह घोषणा गर्ने नीति अनुसार भिमेश्वर नगरपालिकाले २०७१ साल देखिनै प्रयासहरु थालनी गरेको खडकाले बताए । जनप्रतिनिधीहरुको वहाली पश्चात वालमैत्री स्थानिय शासन पद्धतीले गति लिएको र अहिले घोषणाको अन्तिम तयारीमा रहेको उनले बताए

Shares

Be the first to comment on "भिमेश्वर नगरपालिका बालमैत्री नगर घोषणा हुदै"

Leave a comment

Your email address will not be published.


*