भिमेश्वर नगरपालिकालाई खुल्ला दिसा मुक्त नगर घोषणा

ईश्वर बिश्वकर्मा
चरिकोट, जेठ ३१
दोलखाको भिमेश्वर नगरपालिकालाई खुल्ला दिसा मुक्त नगर घोषणा गरिएको छ । आज जिल्ला समन्वय समितीको हलमा एक कार्यक्रमको आयोजना गरि नगरलाई खुल्ला दिसा मुक्त नगरको रुपमा घोषणा गरिएको हो । त्यसका साथै नगरलाई पुर्ण खोप सुनिश्चतता नगरको घोषणा गरिएको छ । कार्यक्रममा भिमेश्वर नगरपालिकालाई खुल्ला दिसा मुक्त नगर घोषणा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले खुल्ला दिसा मुक्त घोषणा पत्र पढेर गरेका छन् । त्यसैगरि पुर्ण खोप सुनिश्चतता पत्र वाचन गरि पुर्ण खोप सुनिश्चतता नगरको घोषणा भिमेश्वर नगरपालिका प्रमुख भरत केसीले गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ का सांसद पशुपति चौलागाईले दोलखालाई विद्यालय, सहकारी संस्था, वन उपभोक्ता समितिलाई परिचालन गर्न सके अझै खुल्ला दिसा मुक्त र पुर्ण खोप सुनिश्चतता अभियानले सार्थकता पाउने बताए । आफु जनताको शासक नभई सेवक भएकाले हर समय जनताको साथमा हुने पनि बताए ।
जिल्ला समन्वय समितिका दोलखाका प्रमुख र खानेपानी स्वच्छता तथा सरसफाई समिति दोलखाका अध्यक्ष प्रमुख डबल पाण्डेले दोलखाका मुख्य बजार क्षेत्रमा सार्वजनिक शौचालय निर्माण हुनुपर्ने बताए । साथै स्वस्थ, स्वच्छ र सफा दोलखा निर्माणमा सबैले सहयोग गर्नुपर्ने पनि बताए । चरिकोट मुडे सडक खण्डमा शौचालय सहितको अत्याधुनिक सहरी सेवा केन्द्र निर्माण गरिने बताए ।
भिमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले भिमेश्वर नगरपालिकालाई सम्बृद्ध बनाउन भौतिक पुर्वाधारको अझै बिकास गरिने बताए । चरिकोट सातदोबाटोमा छिटै सार्वजनिक शौचालय निर्माण गरिने पनि बताए । भिमेश्वर नगरपालिकालाई पर्यटकिय नगरी रुपमा विकास गर्न नगरपालिकाले विभिन्न क्षेत्रमा काम गर्दै आएको पनि मेयर केसीले बताए । नगरपालिकालाई समृद्ध बनाउन आफू सधै तयार रहेको मेयर के.सीको भनाई रहेको छ । त्यसैगरि दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले नगरलाई खुल्ला दिसा मुक्त घोषणा गरेता पनि दिगोपन र सक्रियता रहनुपर्ने बताए ।
नगरलाई खुल्ला दिसा मुक्त घोषणाका लागि योगदान पु¥याएका स्टालिन श्रेष्ठ, खेम बहादुर राउत, हरेराम श्रेष्ठ, पुर्णबहादुर थापा लगायत विभिन्न्न संघसंस्थालाई कदर पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय अधिकारी तुलसी नाथ गौतम, तारा दल दोलखाका प्रमुख सेनानी निखिल कुँवर, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरिक्षक मान बहादुर राई, खानेपानी डिभिजन कार्यालय रामेछापका प्रतिनिधी, भिमेश्वर नगरपालिका काङग्रेसका नगर सभापति राजेश श्रेष्ठ, भिमेश्वर नगरपालिका जनप्रतिनिधी तथा सरोकार निकायका व्यक्तिको सहभागिता रहेको थियो ।  त्यसै गरि २०७२ वैशाख १५ गते नै दोलखालाई खुल्ला दिसा मुक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिइएको थियो । तर उक्त बर्षमा विनाशकारी भुकम्प आएको कारण सम्भव भएको थिएन । अाँउदो असार १३ गते दोलखा जिल्लाई खुल्ला दिसा मुक्त घोषणा गर्ने लक्ष्य लिईएको छ ।

Shares

Be the first to comment on "भिमेश्वर नगरपालिकालाई खुल्ला दिसा मुक्त नगर घोषणा"

Leave a comment

Your email address will not be published.


*