भिमेश्वर नगरपालिकामा आजबाट सावुन तथा माक्स बाँड्ने अभियान सुरु

चरिकोट (दीस) –दोलखाको भिमेश्वर नगरपालिकामा आजबाट सावुन तथा माक्स बाँड्ने अभियान सुरु भएको छ । नगरपालिका भित्रका जनतालाई नगरपालिकाको “एक घर २ सावुन तथा एक व्यक्ति १ माक्स अभियानलाई नगर भित्रका सहकारीले सावुन किन्न पाँच लाख आर्थिक सहयोग गरेका छन् । शनिबार जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईले २१ हजार ६सय वटा साबुन नगर प्रमुख भरत के.सीलाई हस्तान्तरण गरेका छन् । यो अभियानमा प्रत्येक नगरवासीले २ वटा सावुन १ वटा माक्स पाउने छन् । “सावुन तथा माक्स प्रयोगले कोरोनाबाट बच्न सकिन्छ” भनेर सन्देश दिन यो अभियान थालनी गरिएको नगरप्रमुख भरत के.सीले बताए । आज हस्तान्तरण भएको सावुन भोलीबाट वडामा वितरण हुने नगर प्रमुख के.सीले बताए । आज नेपाल पत्रकार महासंघ दोलखा ,दोलखाका तिन वटै सुरक्षाका निकायलाई सावुन हस्तान्तरण गरिएको छ ।

Shares

Be the first to comment on "भिमेश्वर नगरपालिकामा आजबाट सावुन तथा माक्स बाँड्ने अभियान सुरु"

Leave a comment

Your email address will not be published.


*