भालुको आक्रमणबाट झ्याकुमा एक पुरुष घाइते

राजकुमार भुजेल (निर),दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ३ झयाकुमा एक पुरुष लाई भालुले आक्रमण गरेको छ । जंगलमा गएर खाबा काटने क्रममा हिजो आइतबार बिहान करिब ९ बजेर ३० मिनेट जाँदा ५० बर्षिय प्रकाश खडका लाई भालुले आक्रमण गरेको वडाअध्यक्ष युगबहादुर बस्नेतले जानकारी दिनुभयो । अक्रमणबाट घाइते भएका खडकालाई हिजो नै उपचारको लागि धुलिखेल अस्पताल दोलखा बाट काठमाण्डौको टेकु अस्पताल लगिएको थियो । आज बिहान खडकालाई दोलखा ल्याइएको र अहिले उनको अवस्था सामान्य रहेको वडाअध्यक्ष बस्नेतले बताउनुभयो

Shares

Be the first to comment on "भालुको आक्रमणबाट झ्याकुमा एक पुरुष घाइते"

Leave a comment

Your email address will not be published.


*