भालुको आक्रमणबाट जिरीका २ पुरुष गम्भीर घाइते

दीक्षण समाचार
चरिकोट, मंसिर १८
दोलखाको जिरी नगरपालिका–९ मा भालुको आक्रमणबाट २ जना पुरुष गम्भीर घाइते हुनुभएको छ । शनिबार बिहान नजिकैको वनमा घाँसदाउराको लागि गएको बेला भालुले आक्रमण गर्दा ५० वर्षीय जगत बहादुर सुनुवार र ५८ वर्षीय टिका सुनुवार गम्भीर घाइते हुनुभएको हो । घाईते दुबै जनालाई हेलिकप्टर मार्फत काठमाण्डौँ लगिएको र हाल ट्रमा सेन्टरमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक अञ्जन कोईरालाले जानकारी दिनुभयो ।

Shares

Be the first to comment on "भालुको आक्रमणबाट जिरीका २ पुरुष गम्भीर घाइते"

Leave a comment

Your email address will not be published.


*