भारत सरकार आफ्नो नक्सा सच्याउ– अनेरास्ववियु

चरिकोट –नेकपाको भात्रि संगठन अनेरास्ववियुले दोलखाको सदरमुकाम चरिकोटमा भारतलाई आफ्नो नक्सा सच्याउनका माग गरेको छ ।
हालै भारत सरकारले सार्वजनिक गरेको नक्सा सच्याउन दबाब स्वरुप विरोध प्रदर्शन गरेको जनाएको छ ।
बिद्यार्थीहरुले ‘गो ब्याक इन्डिया’, ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो हो’ भन्ने प्लेकार्ड बोक्नुका साथै चर्काे नारा लगाएर सदरमुकामको परिक्रमा गरि सातदोबाटोमा कोण सभा गरेका छन।
कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियु दोलखाका संयोजक शक्ति पाठकले नेपाली भू–भागलाई भारतीय नक्सामा राखेकोमा आफूहरुको गम्भीर ध्यानाकार्षण भएको बताउदै तल्काल सच्चाउन चेतावनी दिए । उनले सार्वभौसत्तामा कसैले हस्क्षेक्षप गरेमा आफूलाई मान्य नहुने त्यो नक्सा तुरुन्त सच्याउनु पर्ने बताए ।
सन् १९६२ देखि कालापानीमा बसेको भारतीय सेना हट्नुपर्छ ।’ पाठकले भने ।




Shares

Be the first to comment on "भारत सरकार आफ्नो नक्सा सच्याउ– अनेरास्ववियु"

Leave a comment

Your email address will not be published.


*