भारतिय शासकले नेपालको खुल्ले आम प्रहार गर्दै सुगौली सन्धिले कायम गरेको सीमा मिचेको छ

आनन्दप्रसाद पोखरेल केन्द्रीय सदस्य (नेकपा) एवम् पूर्व मन्त्री

आनन्द प्रसाद पोखरेल
भारतद्वारा नेपाली भुमि लिम्पियाधुरा , लिपुलेक र कालपानिमा सेना राखेको जस्को सहमति राखेको भएपनि ,र जति पुराने ईतिहास भएपनि भारत चिन युद्धमा भारतले पराजय भोगेपछि सैनिक रणनीतिक उद्देश्यका साथ हाम्रो भुमी कब्जा गरेको ६० बर्ष भएको छ । सक्ति दम्भ अहंकारद्वारा ग्रसित भारतिय शासकले नेपालको सार्वभौम सत्ता र अखण्डता माथि खुल्लेआम प्रहार गर्दै सुगौली सन्धिले कायम गरेको सीमा मिचेको छ । यो भारतिय बिस्तारबादको सक्कली रुप हो । नेपालि भुमिमा भारतले गरेको नांगो हस्तक्षेप हो ।ईतिहासमा यो अबधिमा नेपालमा कस्तो ब्यबस्था थियो , कति प्रधानमन्त्री भए , नेपालको सार्वभौम सत्ताको रक्षाको लागी कस्ले कस्तो भुमिका खेले । सीमा बिवाद समाधान गर्न कति राजनीतिक र कुटनीतिक भुमिका निर्बाह गरे ।

भारतले बनाईदिएको नेपालको नक्सा कस्को पालदोखी सिरानमा हालेका थियौ ।नेपालले सन २०७५ आफुले नक्सा छापत्दा किन भारतको नक्सा कपि गरेऊ । तत्कालको सरकार र कर्माचारीतन्त्र कस्को भान्सामा भाँति खादै थियो । सन १९९९ देखी भारतिय पक्षले सडक बनाऊन शुरु गरे देखिका सबै नेताहरु जीबित हुनुहुन्छ । ऊहाँहरुले पटक पटक सरकारको नेतृत्व गरेको तथ्य हामीसंग सुरक्षित छ । भारतिय पक्षले नेपालको सीमा मिच्दा पुर्बधार तयार गर्दा कसैले बोल्न र बिरोध जनाऊन आट गरेका छैनन। सबै भारतको राजनीतिक माईक्रो म्यानेजमेण्टको साक्षी बसेका छन ।

सरकार जोगाऊन भारतिय शासक गुटकों आसिरबाद थाप्दै प्रमको लागि मुख मिठ्यार बसेक ईतिहास नेपाली जनताले बिर्सेको छैन । अब बिगतमा टासियर बिगतका नालायक सरकार प्रमुखको उछितो काडेर भारतिय अतिक्रमणकारीले मिचेको भुमि बिना पहलकदमी फिर्ता गर्दैनन् भन्ने कुरा घाम जतिकै छ ।संबिधान निर्माण गर्दा रोक्न खोज्ने भारतिय शासक गुटलाई खाली हात फिर्ता पठाउने र संबिधान घोषणा गराउन नतृत्व गर्ने । भारतिय नाका बन्दीको डटेर मुकाबिला गर्ने, भूराजनीतिक अवरोधका बाबजुद चिनसंग ब्यापार पारवहन सन्धि गर्न सकने नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष एबं सरकारका प्रधान मन्त्री केपी शर्मा ओलिको नेतृत्वमा अहिले सरकार संचालन भैरहेको हुनाले भारतिय सेना अतिक्रमित भुमिबाट फिर्ता गरि नेपालको सार्वभौम सत्ताको रक्षा हुने कुरामा नेपालि जनता बिश्वसत छन ।
भारतिय पक्षले एकतर्फि रुपमा बिबादित भुमीलाइ भरतिय नक्शामा समाबेश गर्नु ।

नेपाली भुमिमा एकपक्षिय रुपमा सडक निर्माण गर्नु जस्ता बिस्तारबादी हर्कत एकपछि अर्को गर्दै आएकोछ । केपी ओली भारतिय शासकले मनपराएका पात्र होईनन् ।उनको बिस्थापन ऊनीहरुको अभीष्ट हो ।प्रतिकूल स्वास्थको कारण केपीले नेतृत्व छोडने आशाम रहेकहरु भारत संगै निरास भए। बिधी स्थापना गर्ने नाममा पार्टी भित्र र बाहिरबाट पार्टी एकताको लक्ष्य बिपरित एकसाथ आक्रमणको सामानओलिले गरिरहेको समयमा भारतिय रक्षा मन्त्रिले सडक उद्दघाटन काकताली मात्र थिएन र होईन ।एकिकृत कम्युनिस्ट पार्टी र बहुमतको सरकार संग नेपाली जनताको अपेक्षा सार्वभौम सत्ता र अखण्डताको रक्षा सुद्दृडीकरण, लोकतन्त्र बिकास निर्माण,सामाजिक न्याय, संबृद्ध नेपाल र सुखी नेपालको थियो । जसरी बिगतमा भुकम्पले थिलथिलो भएको अबसरमा भारतले नाकाबन्दी लगाएको थियो त्यसै गरि कोभिड १९को महामारिबाट बिश्व आक्रान्त भएको समयमा नेपालको अस्मितामा हमाला भएकोछ।

आज नेपाल सरकारले कोभीड १९ बाट मुलुकलाई मुक्त गर्नु भारतले अतिक्रमण गरि कब्जा गरेको भुमि फिर्ता गर्नु र अर्थतन्त्रको संकुचनबाट मुलुकलाई जोगाऊदै संबृद्ध नेपाल र सुखी नेपाल बनाउनु हो । यो काम आज सम्म कसैले गर्नु सकेनौ। अब यो काम नगरी बस्ने यो सरकारलाई छुट छैन ।अन्तमा अन्तर पार्टीमा मात्र होईन सम्पुर्ण राष्ट्र एकताबद्ध भएर राष्ट्रको तीन कार्यभार पुरागरौ।यो कठिन घडिमा एकले अर्कालाई निषेध गरेर जान खोज्नु प्रकारन्तरले आक्रमणकारी बैरीलाई सहयोग पुर्याऊनु हो ।भाई फुटाऊने, अन्तरबिरोध सृजना गराउने,अस्थिरता खडा गरी धमिलो पानिमा माछा मार्ने भारतिय संस्कृतको जालोबाट मुक्त भइ, सरकार संग हातेमालो गर्दै अखण्ड नेपालको निर्माण गर्ने महान अभियानमा सिंङगोमुलुकलाई एकताबद्ध गराऊ।

लेखक –नेपाल सरकारका पुर्व पर्यटन मन्त्री तथा नेकपाका केन्द्रीय सदस्य एबंम वाग्मती प्रदेश सचिब हुन ।

Shares

Be the first to comment on "भारतिय शासकले नेपालको खुल्ले आम प्रहार गर्दै सुगौली सन्धिले कायम गरेको सीमा मिचेको छ"

Leave a comment

Your email address will not be published.


*