भारतलाई दबाब दिएर अमेरिकाले एकध्रुवीय विश्व बनाउन खोज्दैछ ः रुसका परराष्ट्रमन्त्री

एजेन्सी – पश्चिमी मुलुकहरूले भारतलाई सैन्य तथा प्राविधिक सहकार्य गर्न दबाब दिएर एकध्रुवीय विश्वलाई सुदृढ बनाउन चाहेको रुसका परराष्ट्रमन्त्री सर्गे लाभरोभले बताएका छन् ।  अमेरिकाको नेतृत्वमा रहेको पश्चिमले एकध्रुवीय विश्व व्यवस्थाको प्रवर्द्धन गरिरहेको तर रुस र चीनले यसको विरोध गरेको उनले बताए । रुसको निकटको रणनीतिक साझेदार भारतलाई अमेरिकाले त्यही व्यवस्था कायम गर्नका लागि तान्न खोजेको उनको भनाइ छ ।  ‘त्यही ध्रुवीय खेमामा ल्याउन उदाहरणका लागि भारतलाई पश्चिमले लगातार आक्रामक रूपमा चीनविरोधी खेल खेल्न लगाइरहेको छ,’ लाभरोभले रसियन इन्टरनेसनल अफेयर्स काउन्सिलको भर्चुअल बैठकमा बताए । ‘अमेरिकाले दिल्लीलाई सैन्य तथा प्राविधिक सहकार्यका लागि कठोर दबाब त्यही एकध्रुवीय विश्व निर्माणको लक्ष्यका साथ दिइरहेको हो,’ लाभरोभले बताए । युरोपेली संघले पनि बहुध्रुवीय विश्वको दाबीलाई क्रमशः त्याग्दै अमेरिकाबाट निर्देशित हुन थालेको लाभरोभले बताए ।

Shares

Be the first to comment on "भारतलाई दबाब दिएर अमेरिकाले एकध्रुवीय विश्व बनाउन खोज्दैछ ः रुसका परराष्ट्रमन्त्री"

Leave a comment

Your email address will not be published.


*