भारतमा रहस्यमयी रोगको अनुसन्धान हुँदै

बीबीसी । शनिबार र आइतबार भारतको आन्ध्र प्रदेशमा एक अपरिचित स्वास्थ्य समस्याका कारण ३०० भन्दा धेरै बिरामी परेको र १४० बढी मानिस एकैपटक अस्पताल भर्ना भएपछि सरकारी अधिकारीहरुले यसबारे अनुसन्धान सुरु गरेका छन् । सबै बिरामीहरुमा वाकवाकी हुनेदेखि बेहोस् हुनेलगायत विभिन्न लक्षण देखिएको डाक्टरहरुले बताएका छन् ।
कोरोना महामारीका बीच मानिसहरु अर्को अपरिचित रोगले बिरामी परिरहँदा यसले अस्पतालको भार झन बढाइदिएको छ । स्थानीय मिडिया रिपोर्टका अनुसार भर्ना भएका ती सबै बिरामीहरुको कोरोना परीक्षण पनि गरिएको छ । तर सबैको नतिजा नेगेटिभ आएको छ । यसमा बिरामीको स्नायु प्रणालीमा पनि असर पुगेको बताइएको छ । एलुरु सरकारी अस्पतालका मेडिकल अधिकारीले द इन्डियन एक्सप्रेससँग भनेका छन्, “बिरामी पर्नेहरुमा विशेषगरी बालबालिका धेरै छन् । पहिले उनीहरुले आँखा पोलेको बताइरहेका थिए तर अचानक सबैलाई बान्ता हुन सुरु भयो अनि ती मध्ये कति त बेहोस् हुने अनि अचानक दिमागी झट्का महसुस गरेका हुन् ।ू तर, अस्पताल भर्ना भएका धेरै बिरामीहरु छिटै ठिक भइ डिस्चार्ज भएको पनि बताइएको छ । आन्ध्र प्रदेशका स्वास्थ्य मन्त्रीका अनुसार तिनको रगतको स्याम्पलबाट अहिलेसम्म कुनै भाइरल संक्रमणको प्रमाण भेटिएको छैन । अधिकारीहरु सो क्षेत्रको अवलोकन गर्दा उनीहरुले वायु प्रदुषण या दूषित पानीका कारण यस्तो भएको हुन सक्ने अनुमान गरेका छन् । अहिलेका लागि यो रहस्यमयी समस्या भएको र ल्याब विश्लेषणपछि मात्र वास्तविकता पत्ता लाग्ने बताइएको छ ।

Shares

Be the first to comment on "भारतमा रहस्यमयी रोगको अनुसन्धान हुँदै"

Leave a comment

Your email address will not be published.


*