भारतको ओरेन्स कम्पनी” ठगीमा नेपालका युवा ,दोलखाका २ सय युवा सक्रिय

चरिकोट /दीस छिमेकी मुलुक भारतमा रहेको “ओरेन्स कम्पनी” ठगीमा नेपालका युवा पर्न थालेका छन । नेटओर्किङ मार्फत नेपालमा ठगीको धन्दा फैलाउन सफल भएको छ ।  पछिल्लो समय ठगीमा युवा पुस्ता पर्न थालेका छन । उक्त कम्पनीले नेपालका युवालाई परिचालन गरि ठगीको धन्दा सुरु गरेको छ । पछिल्लो समय दोलखाका युवा पनि त्यसको सिकार भएका छन । भर्खर मात्र सो कम्पनीको जालबाट नेपाल फर्केका एक युवाले भने “सो कम्पनीको धन्दामा दोलखाका करिव २ सय युवा रहेको बताए । छिमेकी जिल्ला रामेछाप तथा सिन्धुपाल्चोकका युवा यो नेटवर्क ब्यापारमा लागेको बताए । दोलखाका एक युवाले नाम नलेख्ने शर्तमा दीक्षण दैनिकसँग कुरा गर्दै भने ,मलाई मैले चिनेको साथीले जलविद्युतमा जागिर लागाइदिने भन्दै भारतको सिल गढीमा बोलाए , उनले तलव पचास हजार रुपैया हुने छ , आफूसँग नजिक भएको साथीले भनेको कुरा विश्वास गरे । मेची पुल पुगेपछि साथीले भारु साट्न भनेपछि आफुले शंङका गर्दै नेटबर्किङको तिर त हैन भन्दा समेत उनले भारतको सिलगुढीमा गएपछि मात्र “ओरेन्स कम्पनी” ठगीमा धन्दाको बारेमा बताएको बताए । उनका अनुसार दोलखाका करिव २ सय युवा सो कम्पनीको ठगीमा परेको बताए । नेपालका राम्रो स्थानमा रोजगारी गरेका प्राविधिक नेटवर्किङको धन्दा लागेको बताए । त्यसैगरी नेपालमा ओभरसियर गरेका युवा एक महिना बसेर सो कम्पनीको जालबाट दोलखा आएका अर्का युवाले दीक्षण दैनिकसँग कुरा गर्दै भने– मलाई साथीले मेची पुलमा काम लगाइदिने भन्दै सिकिम बोलाएको बताए। जव सिलगुढी पुगेपछि सो कम्पनीले पुलमा हैन ,नेटवर्किङ मार्फत काम गर्न बोलाएको बताए । “खर्च हुन जेल कम्पनीको होस्टलमा राखेर कक्षा राख्ने गरेको र सदस्य वन्न नेपालबाट एक लाख रुपैया मगाउने गरेको उनले बताए । एक लाख रुपैया बुझाएपछि सदस्य कम्पनीको सदस्य हुन पाउने व्यवस्था गरेको छ र एक लाख बुझाए पछि नेटवर्क जस्तै नयाँ सदस्य बनाए पछि पैसा आउने प्रभोलन देखाउने गरेको बताए । आफूले अभिभाबकसँग एक लाख रुपैया मागेको तर नदिने भनेपछि नेपाल गएर एक लाख लिएर आँउछु भनेपछि कम्पनीको जालबाट उम्केको बताए ।

यसरी हुन्छ ठगी

कम्पनी ३ थरिका सदस्य बनाएको छ । पहिलो किस्तामा १० हजार दिनु पर्ने छ । दोस्रो किस्तामा ३० हजार रुपैया दिनु पर्ने छ । अन्तिममा किस्ता सवै गरी एक लाख दिए पछि मात्र सो कम्पनीको सदस्य हुन पाउने निमय बताइएको छ । जसले धेरै सदस्य बनायो , उसले कमिशन मार्फत तलको सदस्यबाट कमिशन पाउने गरेको छ ।नेपालबाट गएका अभिभाबकसँग एक लाख रुपैया मगाउने गरेको त्यो रकम त्यही फस्ने भएकोले सो रकम उठाउन चकरमा आफ्र्ना साथीहरुलाई जागीरको प्रभोलन पारेर बोलाउने गरेको पीडित युवाले बताए । उनीहरुले सामाजिक सन्जाल मार्फत साथी बोलाउने गरेका छन ।

बस्नको लागी होस्टलको व्यवस्था

कम्पनीले नेपालीहरुको लागि होस्टलमा बस्ने व्यवस्था गरेको छ । एक महिनाको ३२ रुपैया लिने गरेको छ । नेपालीहरु बस्ने होस्टलमा नेपाली प्रशिक्षकले  औषधीको नेटवर्किङ सिकाउने गरेको छ । कम्पनीबाट कसरी पैसा कमाई हुन्छ सिकाउने गरेको छ ।

जागिरको चक्करमा युवा प्रभोलनमा

आफुसँग काम गरेका तथा पढेका साथीले भारतमा राम्रो रोजगारी दिने भने पछि युवा रोजगारीको आसमा भारत जाने गरेको पीडितले बताए । नेपालमा प्राबिधिक तथा सामाजिक क्षेत्रका लागेका युवाले सामाजिक संन्जाल मार्फत नेपालबाट युवा वोलाउने गरेका छन । ३० बर्ष मुनीका युवा पूस्ता होस्टलमा रहेका छन् ।

भारतमा वैध तर नेपालमा सो कम्पनी अबैध

“ओरेन्स कम्पनी” भारतको कानुन अनुसार चलेको कम्पनी हो । उसले बजार विभिन्न उत्पादन ल्याएको छ । कम्पनीको विभिन्न औषधी तथा विभिन्न उत्पादन ल्याएको छ । सो कम्पनीको मुख्य कार्यालय भारतको चेन्नाई रहेको छ । यो कम्पनीको १० देशमा नेटवर्किङ बिजनेस भइराखेको र स्वास्थ्य आयुर्वे्दि औषधि उत्पादन गरेको छ ।नेपालको कानून अनुसार  यो    अबैध हो ।

Shares

Be the first to comment on "भारतको ओरेन्स कम्पनी” ठगीमा नेपालका युवा ,दोलखाका २ सय युवा सक्रिय"

Leave a comment

Your email address will not be published.


*