भाद्रको दोस्रो साता माथिल्लो तामाकोशी हाइड्रो पावर कम्पनीको हकप्रद शेयर निष्काशन गर्ने तयारी

चरिकोट(दीस) माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीले भदौ महिनाको दोस्रो साता हकप्रद शेयर निष्काशन गर्ने तयारी गरको छ । कम्पनीले रोलवालिङ डाइभर्सन निर्माणकालागि थप पूँजि संकलन गर्न शेयर धनीहरुलाई १ः१ का दरले हकप्रद शेयर निश्काशन गर्ने तयारी गरेको हो । मंगलवार कम्पनीले दोलखामा स्थानीय सरोकारवालाहरुसँग छलफल समेत गरेको छ । कम्पनीले साउन २५ गते बुक क्लोज गर्ने तथा भाद्र महिनाको पहिलो साता साधारण सभा सम्पन्न गरी त्यसपछि शेयर निश्काशन प्रकृया गर्ने माथिल्लो तामाकोशी हाइड्रो पावर कम्पनीका कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिनुभयो । मंगलवार आयोजित छलफल कार्यक्रममा प्रतिनिधि सभाका सांसद गंगा कार्की , प्रदेस सभा सदस्यहरु कुन्दनराज काफ्ले तथा भरत बहादुर केसी , जिल्ला समन्वय समितिका संयोजक बर्जुराम घतानी लगायतका जनप्रतिनिधिहरुको उपस्थिति थियो । छलफलमा माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीको वर्तमान अवस्था तथा कम्पनीले निश्काशन गर्न लागेको हकप्रद शेयरको बारेमा सहभागीहरु समक्ष जानकारी दिइएको कम्पनीले बताएको छ । छलफलमा स्थानीय सरोकारवालाहरुले भने शेयर अभौतिकिकरण नगरेकाले पनि हकप्रद शेयर भर्न पाउनु पर्ने ब्यवस्था गर्नु पर्ने माग गरेका थिए । शेयर अभौतिकीकरण हुन नसक्दा दोलखालीलाई समस्याः माथिल्लो तामाकोशी हाइड्रो पावर कम्पनीले हकप्रद शेयर निश्काशन गर्न लाग्दा समेत अझै धेरै दोलखालीले भने आफूले पाएको स्थानीय शेयर अभौतिकिकरण नगरेका कारण समस्या हुने देखिएको छ । डिम्याट खाता खोली शेयर अभौतिकीकरण नगरेका शेयर धनीहरुले हकप्रद शेयरमा आवेदन गर्न पाउने ब्यवस्था छैन । २ लाख ७६ हजार दोलखालीले स्थानीय शेयर प्राप्त गरेकोमा करिब २ लाख ५ हजारको डिम्याट खाता रहेको छ । तर अझै करिब १ लाख ९२ हजार जनाको शेयर अभौतिकीकरण हुन बाँकी रहेको अनुमान छ । जिल्लामा डिम्याट खाता खोल्न विभिन्न बैंकहरुले समय समयमा अभियान चलाएपनि डिम्याट खाता खोल्ने तर तामाकोशीको शेयर अभौतिकिकरण गर्न खासैचासो नदिएका कारण ठूलो संख्यामा दोलखालीहरु शेयर भर्नबाट बञ्चित हुने सम्भावना बढेको दोलखाका स्थानीयहरुको चिन्ता छ । शेयर अभौतिकिकरण गर्न सनराईज क्यापिटलले दोलखामा नैं काउन्टर खोलेर सेवा दिनुपर्ने स्थानीयहरुको माग छ । जिल्लामा रहेका बैंकहरु तथा ब्रोकरहरुले पनि डिम्याट खाता खोल्न अभियाननै चलाउनु आवश्यक रहेको उनीहरुको भनाई रहेको छ ।

Shares

Be the first to comment on "भाद्रको दोस्रो साता माथिल्लो तामाकोशी हाइड्रो पावर कम्पनीको हकप्रद शेयर निष्काशन गर्ने तयारी"

Leave a comment

Your email address will not be published.


*