“भाग्यले बाँचेकाहरु” डकुमेन्ट्री चरिकोटमा प्रदर्शन

चरिकोट–नेपाल पत्रकार महासंघ दोलखाको आयोजनामा दोलखाको सदरमुकाम चरिकोटमा भुकम्प सम्वन्धी “भाग्यले बाँचेकाहरु” नामक डकुमेन्ट्री प्रर्दशन सुरु भएको छ ।
पे्रस चौतारी नेपालका उपाध्यक्ष एवंम पत्रकार गणेश पाण्डेले निर्माण गरेको डकुमेन्ट्री “भाग्यले बाँचेकाहरु” चरिकोटको कालिन्चोक चलचित्र मन्दिरमा बुधबार प्रर्दशन भएको छ । आज पनि प्रर्दशन हुने नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जिवन लामाले जानकारी दिए  । उक्त डकुमेन्ट्रीमा २०७२ वैशाखमा गएको विनाशकारी भुकम्पले पु¥याएको क्षतिको वारेमा चित्रण गरिएको छ ।
आफ्नो ज्यानै जोखिममा राखि भुकम्पको वेलामा कैद गरिएको दृष्यहरुले पुन भुकम्पको स्मरण गराउने डकुमेन्ट्री भाग्यले बाँचेकाहरु भएको प्रदेश सांसद विशाल खड्काले बताए  । बुधबार सुरु भएको प्रर्दशनिमा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डे, प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल ,प्रहरी नायव उपरिक्षक वासुदेव पाठक, रणभिम गणका गणपती विदुर अधिकारीको सहभागिता रहेको थियो । डकुमेन्ट्री सो बाट संकलन भएको रकम नेपाल पत्रकार महासंघ दोलखाको भवन निर्माणका लागि खर्च गरिने डकुमेन्ट्री निर्माता पाण्डेले बताए  । डकुमेन्ट्रीले १७ वटा भन्दा वढी अन्तराट्रिष्य अवार्ड जित्न सफल भएको पाण्डेले जानकारी दिए ।

Shares

Be the first to comment on "“भाग्यले बाँचेकाहरु” डकुमेन्ट्री चरिकोटमा प्रदर्शन"

Leave a comment

Your email address will not be published.


*