भाखा नाघेका सहकारीको ऋण तिर्न आग्रह

चरिकोट(दीस)ः बैतेश्वर गाउँपालिकाले सहकारीबाट ऋण लिई भाखा नाघेका ऋणीहरुलाई सहकारीको ऋण तिर्न आग्रह गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै ऋणीहरुलाई ऋण तिर्न आग्रह गरेको हो ।
विभिन्न बहाना बनाई सहकारी बाट लिएको ऋण नतिर्ने प्रबृत्ति बढ्दै जाँदा बचत कर्ताको बचत समेत फिर्ता गर्न नसक्ने अवस्था आउने भएकोले सहकारीको ऋणको सावाँ तथा ब्याज तिर्न गाउँपालिकाले आग्रह गरेको छ । अटेर गरी विभिन्न बहाना बनाई ऋण नतिरेमा सहकारी ऐन तथा नियमावली तथा अन्य कानुन बमोजिम कानुनी कारवाहि गरी ऋण अशुली गर्न लेखि पठाइने गाउँपालिका द्वारा जारी सूचनामा उल्लेख छ ।

Shares

Be the first to comment on "भाखा नाघेका सहकारीको ऋण तिर्न आग्रह"

Leave a comment

Your email address will not be published.


*