भष्ट्रचारमा माओवादीकै ठुला नेता परेपनि छुट दिइने छैन: गृहमन्त्री श्रेष्ठ

राजकुमार भुजेल, दोलखा । नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि प्रकारका भष्ट्रचार विरुद्ध मा दोषी ठहर भए माओवादी कै ठुला नेता परेपनि कुनैपनि हालतमा छुट नदिने बताउनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित नेकपा माओवादी केन्द्र दोलखाका महान् सहिद रित बहादुर खड्का को २१ औं स्मृति दिवस सभा तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठ यस्तो बताउनुभएको हो। उहाँले यदि कुनै पनि समयमा माओवादी पार्टी कै ठुला नेताले भष्ट्रचारी गरेको खण्डमा उसलाई कानुनको दायरामा ल्याउदा कुनैपनि गुनासो नगर्न समेत आग्रह गरे । भ्रष्टाचारी कुन पार्टी र कसको मान्छे भन्नेमा आफूहरुले कुनै प्रवाह नगरी स्वतन्त्र रुपमा छानविन गर्दाै दोषिलाई कार्वाही गरी देशमा शुसासन ल्याउनका निम्ति लागि परिरहेको बताए। अहिलेको पछिल्लो समयमा माओवादी सरकारले देश र जनताको हक अधिकार तथा शुसासन ल्याउदै नयाँ ढंगले काम गर्न खोजेको उहाको भनाई छ । नेपालबाट दिनहुदिन हजारौं को सङ्ख्यामा खाडि मुलुकमा काम गर्न जाने नेपालीहरुलाई अब नेपाली मातृभूमिमा नै रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा उहाको जोड रहेको छ । त्यस्तै कार्यक्रममा संघीय सांसद गंगा कार्की ( विश्व) , नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य मुक्तिनारायण प्रधान, लगायतका नेताहरुले प्रशिक्षण दिएका थिए

Shares

Be the first to comment on "भष्ट्रचारमा माओवादीकै ठुला नेता परेपनि छुट दिइने छैन: गृहमन्त्री श्रेष्ठ"

Leave a comment

Your email address will not be published.


*