भलिवल प्रतियोगिता उपाधि कालिढुङ्गा मावि मिर्गेलाई

ईश्वर दाहाल÷ दोलखा, – दोलखाको बैतेश्वर गाउँपालिका स्तरीय भलिवल प्रतियोगिता उपाधि कालिढुङ्गा मावि मिर्गेले हात पारेको छ । छात्र तर्फको फाइनल खेलमा विष्णु मावी गैरिमुदीलाई हराउँदै कालिढुङ्गा मा.वि मिर्गे प्रथम भएको हो। दोलखाको मैनापोखरीमा रहेको जिल्लाकै ठुलो तथा पुरानो जनसचेतन बचत ऋण सहकारी सहकारी दिवसको अवसरमा बैतेश्वर गाउँपालिका भित्र आयोजना गरेको विद्यालय स्तरीय भलिवल प्रतियोगिता शनिबार सकिएको छ । ६४औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुक्रवार र शनिवार हनुमन्तेश्वरमा आयोजित खेलमा प्रतियोगिता छात्र तर्फ विष्णु मावि –द्धितिय, जनज्योती मा.वि तृतिय भएका छन् । त्यसैगरी छात्रा तर्फको खेलमा हनुमन्तेश्वर मावि मैनापोखरी प्रथम भएको छ । जनज्योती मा.वि , द्धितिय,विष्णु मा.वि ,तृतिय भएको छ। प्रतियोगिता पहिलो हुनेले टिमले दश हजार,दोस्रो हुने सात हजार र तेस्रो हुने विद्यालयले पाँच हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । खेलकुद क्षेत्रमा सहयोग गर्ने उदेश्यले सहकारीले भलिबल प्रतियोगिता आयोजना गरेको जनसचेतन साकोसका अध्यक्ष हेमन्त चौलागाईंले जानकारी दिए। खेलमा सफल हुने विद्यार्थी तथा विद्यालयलाई जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले पुरस्कार वितरण गरेका छन्।कार्यक्रममा जिल्ला खेलकुद समिति दोलखाका अध्यक्ष रोहित खडका , हनुमन्तेवर माविका प्रअ गोपाध्वज श्रेष्ठ , शिक्षक कल्याण साकोसका अध्यक्ष तारा पन्त , जनमुखी साकोसका अध्यक्ष माधव दहाल दीक्षण दैनिकका कार्याकारी निर्देशक धु्रव आचार्य लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

Shares

Be the first to comment on "भलिवल प्रतियोगिता उपाधि कालिढुङ्गा मावि मिर्गेलाई"

Leave a comment

Your email address will not be published.


*