भलिवल प्रतियोगिताको उपाधि कालिन्चोक गाँउपालिकालार्ई

चरिकोट –पालिका स्तरीय प्रथम भिमेश्वर उपमेयर कप महिला भलिवल प्रतियोगिताको उपाधि कालिन्चोक गाँउपालिकाले जितेको छ । आज भएको फाइनल खेलमा जिरी नगरपालिकालाई ३–१ सेटमा हराउँदै उसले उपाधी जितेको हो । भिमेश्वर नगरपालिकाको आयोजना तथा ग्रिन नेपालको सह– आयोजनामा भएको प्रतियोगिताको विजेतालाई जिरी नगरपालिका मेयर टंक जिरेल, उपविजेता जिरी नगरपालिकालाई खेलकुद विकास समिति दोलखाका अध्यक्ष हिरा थोकर तथा तृत्तिय स्थान हासिल गर्ने भिमेश्वर नगरपालिकाको ए को टिमलाई सामुदायिक रेडियो प्रचारक संघका कोषाध्याक्ष लक्ष्मण खडकाले टर्फि प्रदान गरेका थिए ।
प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा भिमेश्वर नगरपालिकाको २ वटा , गौरीशंकर क्याम्पस तथा जिरी नगरपालिका ,गौरीशंकर गाँउपालिका तथा कालिन्चोक गाउँपालिकाका १ वटा टिमको सहभागिता जनाएका थिए । प्रतियोगितामा प्रथम , द्धित्तिय तथा तृत्तिय टिमले क्रमस ३० हजार,२० हजार,१० हजार नगद ,सिल्ड ,मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

 

 

Shares

Be the first to comment on "भलिवल प्रतियोगिताको उपाधि कालिन्चोक गाँउपालिकालार्ई"

Leave a comment

Your email address will not be published.


*