भलिबल प्रतियोगिताको उपाधि मेलम्चीलाई

चरिकोट (दीस) ःप्रथम बागमती प्रदेशस्तरीय अन्तरपालिका ‘शहिद रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता’को उपाधि मेलम्चीले हात पारेको छ। शुक्रबार सम्पन्न प्रतियोगितामा दोलखाको जिरी नगरपालिकालाई ३–०को सेटमा हराउदै मेलम्चीले उपाधि जितेको

हो । चरिकोटमा शुक्रबार सम्पन्न भएका प्रतियोगितामा विजेता मेलम्चीले २ लाख ५१ हजार नगद रुपैया शिल्ड ,मेडल ,प्रमाणपत्र पााएको छ । त्यसैगरी उपविजेता जिरी नगरपालिकाले १ लाख ५१ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा सिन्धुलीको कमलामाई नगरपालिका तेस्रो भएको छ । उसले रामेछापको मन्थली नगरपालिका ३÷१ले हराउदै तेस्रो भएको हो । तेस्रो भएको कमलामाई नगर रुपैया ५१ हजार तथा चौथो भएको मन्थली नगरपालिकाले २१ हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

गत सोमबारदेखि दोलखा युवा सञ्जालको आयोजनामा सम्पन्न भएको प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । विजेता टिमलाई पुरस्कार जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले वितरण गर्नु भएको थियो ।

Shares

Be the first to comment on "भलिबल प्रतियोगिताको उपाधि मेलम्चीलाई"

Leave a comment

Your email address will not be published.


*