भलिबल प्रतियोगिताको उपाधि भरतपुरलाई

जिरी (दीस) ः युवा सञ्जाल जिरीको आयोजनामा भएको जिरी च्याम्पियनसिप २०८० अन्र्तगत भएको भलिबल प्रतियोगिताको उपाधि चितवनको भरतपुर महानगरपालिकाले जितेको छ । आइतबार जिरीमा भएको फाइनल खेलमा मकवाननपुर जिल्लाको थाहा नगरपालिकालाई ३–१ सेटमा हराउदै भरतपुरले उपाधि जितेको हो । त्यसैगरी तृतीय स्थानका लागि रामेछापका २ टिम विच खेल भएको थियो । गोकुलगंगाले लिखु तामाकोशीलाई ३–० को सोझो सेटमा हराउदै तृतिय भएको थियो । प्रतियोगिताको विजेता भरतपुर महानगरपालिकाले नगद १ लाख ५१ हजार ,द्धितीय थाहा नगरपालिकाले १ लाख १ हजार, तृतीय गोकुलगंगा गाउँपालिकाले ५१ हजार र सान्त्वना लिखु तामाकोशीले २५ हजार पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।विजेता टिमलाई दोलखाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद गंगा कार्कीले वितरण गर्नु भएको युवा सञ्जाल जिरीले जनाएको छ ।

Shares

Be the first to comment on "भलिबल प्रतियोगिताको उपाधि भरतपुरलाई"

Leave a comment

Your email address will not be published.


*