भदौ महिनाको “सर्वोत्कृष्ट प्रदेश प्रहरी ”सिगंटीका इन्चार्ज तमाङ घोषित

चरिकोट (दीस) – इलाका प्रहरी कार्यालय सिंगटी दोलखाका इन्चार्ज प्रहरी निरीक्षक सुनजित तामाङ भदौ महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी ”घोषणा भएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालयल हेटौडाले मातहतका कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु मध्ये उत्कृष्ट कार्य गर्ने एकजना प्रहरीलाई हरेक महिना सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गर्दै आएको छ । भदौ महिना भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी तामाङलाई घोषणा गरिएको हो ।
आफ्नो जिम्मेवारी, इमान्दार, कर्तव्यनिष्ठ एव्र प्रशंसनिय ढंगबाट निर्वाह गरेको भन्दै प्रहरी निरीक्षक तामाङलाई (बेस्ट स्टेट पुलिस अफ द मन्थ) घोषणा गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ । गएको भदौ १६ गते विगु गाउँपालिका वडा नम्बर ४ लादुकको सेतोपहरा भन्ने स्थानमा भरुवा बन्दुक लिई शिकार खेल्न गएका ३ मध्ये एकको बन्दुकको गोली छर्रा लागी मृत्यु भएको घटनामा संलग्न रहि फरार रहेका २ जनालाई नियन्त्रणमा लिन सफल भएको, भदौ १५ गते तामाकोशी नदी किनारमा अवैध रुपमा बालुवा उत्खनन् गरिरहेको अवस्थामा चालक सहित ४ वटा ट्याक्टरहरु नियन्त्रणमा लिएको, बहुविवाह लगाएत गैरकानुनी क्रियाकलापमा मुद्धाका फरार प्रतिवादिलाई पक्राउ गर्न सफल भएको, कोरोना विरुद्ध जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै बाढि पहिरोको उच्च जोखीममा रहेका वस्तिलाई सम्बन्धित निकाय सँगसमन्वय गरि सुुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै भदौ महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको जनाएको छ ।

 

 

 

 

 

 

फुर्सद भए यो पनि हेर्नू होस ।

https://www.youtube.com/watch?v=fi-Mj4l-_7I&t=492s

 

 

 

Shares

Be the first to comment on "भदौ महिनाको “सर्वोत्कृष्ट प्रदेश प्रहरी ”सिगंटीका इन्चार्ज तमाङ घोषित"

Leave a comment

Your email address will not be published.


*