ब्युटिपार्लर तालिम सम्पन्न

चरिकोट (दीस) –तीन महिने आधारभुत ब्युटिपार्लर तालिम सदरमुकाम चरिकोटमा मंगलबार सम्पन्न भएको छ । तालिम भीमेश्वर नगरपालिकाको समन्वयमा परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड दोलखाले सञ्चालन गरेको हो । तालिममा सहभागीलाई भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले प्रमाणपत्र प्रदान गर्दै सहभागीलाई व्यवसायी बन्न र संस्थालाई महिलालाई उद्यमी बन्न सहयोग पुग्ने किसिमका कार्यक्रम सञ्चालन गर्दा भीमेश्वर नगरपालिका सहकार्य गर्न तयार रहेको बताइन । संस्थाकी अध्यक्ष शर्मिला सापकोटाले संस्थाका सदस्यहरूलाई सीपमा दक्ष बनाई, व्यवसायमा लाग्न प्रेरित गर्दै आयआर्जन गरि आर्थिक विकास गर्न र आत्मनिर्भर बनाउन संस्थाले आवश्यक सहयोग गर्न तयार रहेको बताइन । कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा समिति र कर्मचारी सहितको सहभागीता रहेको थियो । तालिममा १० जना महिलाहरुको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "ब्युटिपार्लर तालिम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*