ब्याडमिन्टन प्रतियोगिताकाे उपाधि लालीगुराँस युवा क्लबलाई

ईश्वर बिश्वकर्मा
चरीकोट, फागुन २५
दोलखाको सदरमुकाम चरीकोटमा आयोजित प्रथम भीमेश्वर कप, खुल्ला मेन्स डबल तथा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । दोलखा ब्याडमिन्टन संघको सहआयोजना र लालीगुराँस क्लब चरीकोटको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिता बुधबार सम्पन्न भएको हो । प्रतियोगितामा जिल्ला स्तरीय तर्फ लालीगुराँस युवा क्लबका निराजन देवकोटा, किरण श्रेष्ठ प्रथम हुनुभएको छ । गौरीशंकर गाउँपालिकाका सिदार्थ शेर्पा र रोशन श्रेष्ठ दोस्रो हुनुभएको छ । उहाँहरुलाई क्रमशः ५० हजार र २५ हजार नगद पुरस्कार वितरण गरिएको छ । प्रथम भीमेश्वर कप, खुल्ला मेन्स बडलमा भने मनाकामना स्पोट्र्स क्लब पोखराका प्रबीनसिं ठकुरी र देबेन्द्र बस्नेत, नेपाल पुलिस क्लबका गौरब दाहाल र पूर्ण खड्का दोस्रो हुनुभएको छ । उहाँहरुले क्रमशः १५ हजार र ८ हजार रुपैयाँ पाउनुभएको छ । प्रतियोगितामा जिल्लास्तरीय तर्फ २६ जना र खुल्ला मेन्स डबल तर्फ १५ जना खेलाडीको सहभागिता रहेको क्बलका अध्यक्ष प्रबिन श्रेष्ठले बताउनुभयो ।

 

Shares

Be the first to comment on "ब्याडमिन्टन प्रतियोगिताकाे उपाधि लालीगुराँस युवा क्लबलाई"

Leave a comment

Your email address will not be published.


*