बौद्धिक सम्पत्ति चोरी हुन नदिन दोलखामा सचेतनामुलक गोष्ठी

ईश्वर बिश्वकर्मा
चरिकोट, माघ २३
पछिल्लो समयमा नेपालमा बौद्धिक सम्पत्ति चोरी हुन थालेपछि दोलखाको सदरमुकाम चरिकोटमा बौद्धिक सम्पत्ति चोरी हुन नदिन गोष्ठी गरिएको छ ।
नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय डिल्लीबजार काठमाडौंमाको आयोजनामा प्रतिलिपि अधिकारसम्बन्धी एक दिवसीय गोष्ठी कार्यक्रम सम्पन्न गरिएको हो ।
गोष्ठीमा नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय डिल्लीबजार काठमाडौंकी रजिष्ट्रार विष्णु कुमारी भट्टराईले रजिष्ट्रार कार्यालयमा रजिष्ट्रार भएको बौद्धिक सम्पत्ति चोर्नु गैरकानुनी कार्य भएकाले जोसुकैले सो कार्य गरे कानुनी सजायको भागिदार हुनुपर्ने बताईन् ।
कार्यालयकी रजिष्ट्रार भट्टराईले बौद्धिक सम्पत्ति, प्रतिलिपि अधिकार, प्रतिलिपि अधिकारको क्षेत्र, प्रतिलिपि अधिकारको संरक्षण अवधि, रोयल्टी उठाउने क्षेत्रहरु, कानुनी आधार, रोयल्टी संकलन संस्था लगायतको विषयमा कार्यपत्र प्रस्तुत गरेको थिईन् ।

बौद्धिक सम्पत्ति चोर्नु पाप हो ः जिसस प्रमुख पाण्डे
जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले बौद्धिक सम्पत्ति चोर्नु पाप गर्नु जस्तै भएको बताएका छन् ।
उनले गोष्ठीमा उनले बौद्धिक सम्पत्ति चोर्नु पाप गरे सरह भएको बताएका हुन् । उनले पछिल्लो समय सिर्जना चोरी हुँदा स्रष्टाहरु पिडित हुने गरेकोले बौद्धिक सम्पत्ति जोगाउन र प्रतिलिपि अधिकारको सुनिश्चितता गर्नु पर्ने बताए । उनले सिर्जनाको चोरी हुन नदिन सबैमा जनचेतना जगाउने कार्य गर्नु पर्ने बताए ।
गोष्ठीमा विभिन्न व्यक्तिहरुले प्रतिलिपि अधिकारबारे जिज्ञासा राखेका थिए ।
गोष्ठीमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, प्रहरी नायब उपरीक्षक रेवती रमण पोखरेल स्रष्टाहरु विष्णु सुवेदी, मुरारी दुलाल, राजन बस्नेत लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि र पत्रकार सहभागिता रहेको थियो । साहित्य, संगीत, कला, नाटक, चलचित्र, गायन, नृत्य, अभिनय, फोटो, आर्किटेक्ट डिजाइन, टोपोग्राफी नक्सा, कम्प्युटर प्रोग्राम, ज्ञानबिज्ञान तथा प्रविधि त मौलिक एवं बौद्धिक रुपले सिर्जना भएका प्रतिलिपि अधिकार र तत्सम्बन्धी अधिकारको संरक्षणका लागि प्रतिलिपि अधिकार ऐन, २०५९ र नियमावली २०६१ रहेको छ । प्रतिलिपि अधिकार ऐनले अधिकार धनीको आर्थिक तथा नैतिक अधिकार संरक्षण गर्नुका साथै संरक्षित अधिकारको उल्लंघन भएमा पहिलो पटक भएमा कसुर कसुरको मात्रा अनुसार दश हजार देखि एक लाख रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुने छ । एवं अनधिकृत रुपमा प्रयोग भएका सामग्रीहरू जफत हुने व्यवस्था रहेको छ ।
अनाधिकार प्रतिलिपिहरुको पैठारी गरेमा त्यस्तो सामग्री जफत गरी कसुरको मात्रा अनुसार दशहजार देखि एकलाख रुपैयाँ सम्म जरिवाना हुने र प्रतिलिपि अधिकार प्राप्त व्यक्तिलाई त्यस्तो पैठारीबाट भएका नोक्सानीको क्षतिपूर्ति समेत पैठारी गर्ने व्यक्तिबाट गराईदिने व्यक्तिबाट गराईदिने व्यवस्था रहेको छ ।

Shares

Be the first to comment on "बौद्धिक सम्पत्ति चोरी हुन नदिन दोलखामा सचेतनामुलक गोष्ठी"

Leave a comment

Your email address will not be published.


*