बैद्य समुहका सेके्ररेटरी काफ्ले सहित तीन जना रिहा

चरिकोट(दीस) –नेकपा क्रान्तिकारी माओवादी बैद्य समुहका जिल्ला सेके्ररेटरी गोविन्द काफ्ले सहित तीन जना कार्यक्रता एक घण्टा दोलखा प्रहरी नियन्त्रणमा रही रिहा भएका छन् । जनयुद्ध दिवस मनाउने क्रममा दोलखाको सदरमुकाम चरिकोट सातदोबाटोबाट शंकाको आधार नेकपा माओवादी बैद्यका दोलखा जिल्ला सेके्ररेटरी गोविन्द काफ्ले , भगवान खड्का र कृष्ण उप्रेतीलाई सोधपुछको लागि जिल्ला प्रहरी कार्यालयले नियन्त्रण गरेको थियो । उनीहरुलाई १ घण्टा पछि रिहा गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएको छ ।
बैद्य समुहले दोलखामा मनायो जनयुद्ध दिवस
प्रहरी नियन्त्रणबाट रिहापछि दोलखा सदरमुकाम चरिकोटमा बैद्य समुहले जनयुद्ध दिवस मनाएको छ । चरिकोटमा आयोजित जनयुद्ध दिवस कार्यक्रममा दोलखाका सो दलका इन्र्चाज पुर्ण बहादुर खडका सेक्ररेटरी गोविन्द काफलेले अहिले जनताले न्याय पाउने साथ शासन व्यवस्था नआएको बताए । काफलेले नेकपाले मनाएको जनयुद्ध दिवस
कर्मकाण्डी भएको बताए । उनले जनताको शासन आउन सवै फेरी क्रान्ती गर्नु पर्ने बताए । सवै देश भक्त एक हुन उनले आग्रह गरे । देश भर बैद्य जनयुद्ध दिवस मनाइएको छ ।

Shares

Be the first to comment on "बैद्य समुहका सेके्ररेटरी काफ्ले सहित तीन जना रिहा"

Leave a comment

Your email address will not be published.


*