बैतेश्वर गा पा वडा नं ४ र ५ का सडकको सिमा बन्द

अनिल दहाल  / मैनापोखरी

बैतेश्वर गा पा वडा नं ४ र ५ का सिमा नाका काल्थाेकाे सिमा बन्द गरिएकाे छ । बुधबारबाट गाउँका युवाहरूले उक्त नाकाहरू बन्द गरिएको छ । गाउँमा नयाँ मान्छेहरू अाउने जाने र उनीहरू बाट पनि काराेना भाईरस फैलिने डरले नाकाहरू बन्द गरिएको हाे । यस क्षेत्रमा धेरै मात्रमा गाढी, माेटरसाईकल सडकबाट रात्रिकाे समयमा जाने अाउने भएकोले बन्द गरिएको हाे । अपरिचित मान्छेहरू अाउने एक जिल्ला बाट अर्को जिल्ला जान समेत बन्द भएको बेला मान्छेकाे चाप गाउँ मा धैरै भएकोले यस क्षेत्र बन्द गरीएकाे स्थानीयले बताएका छन् । ।राेग फैलिन नदिन यस्तो कार्य गरेकाे हाे ।मुल सडक नभई भित्री सडक बाट अत्याधिक मात्रमा गाडी भित्रिएका छन । यस कार्यमा बैतेश्वर गा पा वडा ४ र ५ का वडा अध्यक्षहरू सग समन्वय गरी यस नाकाहरू बन्द गरीएकाे हाे ।राेग फैलिन नदिन र यस बाट बच्न जस्ताे सुकै कार्य अपनाएर सुरक्षित रहन अनुराेध गरे । विश्वभर तीब्र रुपले फैलिरहेको कोरोना भाइरस रोकथाम गर्ने उदेश्यले दुई वडाको मुख्य ग्रामिण सडक बन्द गरिएको हो। वडा न ४ का अध्यक्ष संग समन्वय गरेर सहमति गरेर दुई वडा जोड्ने मुख्य ग्रामीण सडक नाका बन्द गरिएको वडा नम्बर चारका वडा अध्यक्ष कुमार चौलागाईंले बताए।उनका अनुसार वडा नम्बर चार र पाँच पर्ने एउटा सिङ्गो टाेलले नै योअभियानमा लागी परेकाले आफ्नो वडाले पनि महत्वपूर्ण साथ सहयाेग दिएर दुई वडाको नाका बन्द गर्न सहमति जनाएको बताए ।त्यसैगरी वडा नम्बर पाँचका वडा अध्यक्ष माधव बस्नेतले रातीको समय धेरै सवारी साधन मुख्य सडक छोडेर ग्रामीण सडक प्रयोग गरेर छिमेकी देश र बाहिरी जिल्लाबाट धेरै मानिस गाउँ छिर्ने गरेकाे बताए । युवाहरुकाे सक्रियतामा कोरोना रोकथाम गर्न महत्वपूर्ण काम गरेकाले वडाले पनि साथ दिएको बताए। ।गाउँमा नयाँ मान्छे आउनेजाने क्रम नरोकिएकाले बिरामीको लागी छुट्टै व्यवस्था मिलाएर दुई वडाको नाका बन्द गरिएको हाे ।यस्ताे अबस्थामा बिरामीलाई अस्पताल सम्म लैजानका लागी सिमा स्टेचर र बोलेरो गाडी सिमा पारी बोलाउने गरेका छन्। अब राती र दिनको समयमा कुनै पनि सवारीसाधन लाई गाउँ छिर्न नदिने सिङ्गो गाउँले योजना बनाएको सो गाउका स्थानीयहरुले बताएका छन्।
Shares

Be the first to comment on "बैतेश्वर गा पा वडा नं ४ र ५ का सडकको सिमा बन्द"

Leave a comment

Your email address will not be published.


*