बैतेश्वर गाउँपालिकाले अतिविपन्न तथा कमजोर आर्थिक अवस्था रहेका १ हजार भन्दा बढीलाई राहत उपलब्ध गराउने

चरिकोट,–दोलखाको बैतेश्वर गाउँपालिकाले अतिविपन्न तथा कमजोर आर्थिक अवस्था रहेका १ हजार भन्दा बढीलाई राहत उपलब्ध गराउने भएको छ ।
शुक्रबार कार्यपालिकाको ५० औं बैठकले राहत कार्यविधि बनाई १ हजार २ सयलाई राहत उपलब्ध गराउने भएको निर्णय गरेको हो ।
कोरोना भाइरसको कारण अति बिपन्न, दैनिन ज्याला मजदुरी गरि जीवन निर्वाह गर्ने, अपाङ्गता भएका व्यक्तिहरू, एकल महिला, बेरोजगार व्यक्ति तथा परिवारलाई राहत उपलब्ध गराईने उपाध्यक्ष रविचन्द्र आचार्यले बताए । पालिकाले बैशाख १५ भित्र सुचिमा परेका सबैलाई राहत स्वरुप खाद्यान्न वितरण गरिने छ । उपाध्यक्ष आचार्यका अनुसार चामल ३० केजी, दाल ३ केजी, खानेतेल २ लिटर, साबुन ४ वटा, नुन मसला लगायतको खाद्यान्न ८ वटै वडाका सुचिकृत व्यक्तिहरुलाई कार्यविधि अनुसार वितरण गरिने उनले बताए ।
कोरोनाका कारण लकडाउनको प्रत्यक्ष रुपमा प्रभाव परेको बताउँदै उपाध्यक्ष आचार्यले यस परिस्थितिमा बिहान बेलुका खानाको लागि दैनोक ज्याला मजदुर गर्ने बाहेक अन्य विकल्प नभएको, एवं बेरोजगार, विपन्न, अपाङ्गता भएका ब्यक्तिहरुलाई कार्यविधि अनुसार राहत वितरण गरिने छ । पालिकामा ३६ लाखको कोष खडा गरिएको र त्यहि कोषबाट राहत स्वरुप खाद्यान्न वितरण गरिने जनाएको छ । हाल पालिकाको आफ्नै सो्रतबाट २६ लाख र प्रदेश सरकारबाट आउने १० लाख थप गरि  ३६ लाखको कोष खडा गरिएको आचार्यले बताए । संघिय सरकारको पनि रकम आए पछि कोष ५० लाखको कोष निर्माण गरिने उनको भनाई रहेको छ ।

 

Shares

Be the first to comment on "बैतेश्वर गाउँपालिकाले अतिविपन्न तथा कमजोर आर्थिक अवस्था रहेका १ हजार भन्दा बढीलाई राहत उपलब्ध गराउने"

Leave a comment

Your email address will not be published.


*