बैतेश्वर गाउँपालिकामा भएको जग्गा अपचलनमा नेकपाले बुझायो पाटीलाई प्रतिबेदन

चरिकोट (दीस) –नेकपा बैतेश्वर गाउँ कमिटीले  बैतेश्वर गाउँपालिकामा भएको जग्गा अपचलन बिषयमा तयार पारेको प्रतिबेदन आज पाटीलाई बुझाएको छ । नेकपा सचिबालय सदस्य एबमं जग्गा छानबिन समितिका संयोजक भिम दहाल नेतृत्वले तयार पारेको प्रतिबेदन जिल्ला अध्यक्ष ईस्वरचन्द्र पोखरेललाई पाटी कार्यालय चरिकोटमा बुझाएको हो । प्रतिबेदन बुझिसकेपछि प्रतिबेदन पाटीको सचिबालयमा छलफल पछि सार्बजनिक गरिने पनि अध्यक्ष पोखरेलले बताए । पाटीले तयार पारेको प्रतिबेदनमा जग्गा भएको सबै बिषय समेटिएको संयोजक दहालले जानकारी दिए । प्रतिबेदन ऐतिहासिक सत्य तथ्य आधारमा तयार पारिएको उनले बताए । बैतेश्वर गाउँ पालिकाले पनि भोली जिल्लाका केही आफु निकटका पत्रकार बोलाएर प्रतिबेदन सार्वजनिक गरिने बताइएको छ ।

Shares

Be the first to comment on "बैतेश्वर गाउँपालिकामा भएको जग्गा अपचलनमा नेकपाले बुझायो पाटीलाई प्रतिबेदन"

Leave a comment

Your email address will not be published.


*