बैतेश्वर गाउँपालिका घिमिरेटारमा खानेपानीको टंयाकी तथा पाइप गायब गरियाे

चरिकोट(दीस) –दोलखाको वैतेश्वर गाउँपालिकामा खानेपानीको निर्माण सम्पन्न भएको टंयाकी तथा पाइप लुटिएको छ । पालिकाको वडा नं ६ घिमिरेटारको थल्थलेमा निर्माण सम्पन्न भएको खानेपानीको गाँडिएकोे ठाउँवाट ३२ एमएमकाे २ सय मिटर पाइप झिक्नुको साथै मुहानमा राखिएको २५० लिटर टंयाकी गायब गरिएको छ । सोही वडाका थामीगाँउ र वडा नं ३ खानी गाउँका केही स्थानीयले पानीको टंयाकी  र पाइप गायब वनाएको घिमिरेटारका स्थानीयले बताएका छन् । गाउँपालिकाको ३ लाख र स्थानीय उपभोक्ता समितिको २ लाख गरी पाँच लाखमा सो खानेपानी निर्माण सम्पन्न भएको गाउँपालिकाका उपप्रमुख रविचन्द्र आचार्यले बताए । आइतबार मात्र खानेपानी आयोजना सम्पन्न भएको थियो । खानेपानी सुचारु भएको २ दिन पछि सो आयोजनामा तोडफोड भएको हो । २ सय घरधुरीलाई पुग्ने गरी निर्माण गरिएको सो खानेपानी आयोजना उपभोक्ता समितिले २० ६६ सालमा मुहान दर्ता गरेका थिए ।
कारबाहीको माग गाउँपालिकामा उजूरी
मुहानको पानी टंयाकी र गाडिएको पाइप गायब भएपछि स्थानीयले मंगलबार पालिकाको कार्यालयमा सो घटनामा संलग्न माथी कारवाहीको  माग गर्दै उजुरी दिएका छन् । पालिकामा उजुरी आएको र घटनामा संलग्नलाई कारबाही गरिने पालिकाका उपप्रमुख आचार्यले बताए ।
पालिकाद्धारा कारबाही गर्न प्रहरी कार्यालयलाई अनुरोध
स्थानीयको उजुरीको आधारमा पालिकाले इलाका प्रहरी मैनापोखरीलाई ६ जनाको नामको किटान गरी खानेपानीको मुहान २०६६ सालमा दर्ता भएको र तोडफाेडमा संलग्नलाई ३दिन भित्र झिकाई पालिकाको कार्यालयमा उपस्थीत गराइदिन अनुरोध गरेको गाउँपालिकाका अध्यक्ष छबि लामाले बताए । घटनामा संलग्नलाइ  कारबाही गरि उनीहरुबा नै  क्षतीपुर्ति  तिराइने लामाले बताए ।

Shares

Be the first to comment on "बैतेश्वर गाउँपालिका घिमिरेटारमा खानेपानीको टंयाकी तथा पाइप गायब गरियाे"

Leave a comment

Your email address will not be published.


*