बैतेश्वर गाउँपालिकामा आगोलागीमा परी एक महिला घाइते

चरिकोट (दीस)–दोलखाको बैतेश्वर गाउँपालिकामा एक जना महिला आगोलागिमा परी गम्भिर घाइते भएकी छन् । आज दिउँसो सो गाउँपालिका वडा नं. ५ नेवार पधेरा बस्ने बर्ष ६० की तेजा मन्जरी घिमिरे आगोलागिमा परी घाइते भएकी हुन् । बाख्रालाई खोले पकाउने क्रममा उनले लगाएको साडीमा अचानक आगो सल्कादा उनी घाइते भएको प्रहरीले बताएको छ । उनको दुवै हात, खुट्टा र पेटमा जली घाईते भएकी छिन् ।
मैनापोखरी स्थित दाहाल मेडिकलमा प्राथमिक उपचारपछि उनलाई थप उपचारको लागि
काठमाण्डौ रिफर गरिएको दोलखाका सुचना अधिकारी प्रहरी निरीक्षक रूक्शा बज्राचार्यले जानकारी दिइन ।

Shares

Be the first to comment on "बैतेश्वर गाउँपालिकामा आगोलागीमा परी एक महिला घाइते"

Leave a comment

Your email address will not be published.


*