बैतेश्वर गाउँपालिकाको ७० प्रतिशत योजना पूरा

दीक्षण समाचार
मैनापोखरी, ५ फागुन
बैतेश्वर गाउँपालिकाको चालु आर्थिक वर्ष ७ महिनामा ७० प्रतिशत योजना पूरा भएका छन् । गाउँपालिकाको पुँजीगत तर्फबाट योजनाहरु मध्ये अधिकाँश योजनाको भौतिक रुपमा सम्पन्न भइसकेका छन् ।
गाउँपालिकाले चालु वर्ष करिव साँढे २ सय योजना सञ्चालन गरेको भए तापनि अधिकाँश योजनाहरु कार्यतालिका अनुसार नै सम्पन्न भएको बैतेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए । गाउँपालिकाले २ सय ४१ योजना सञ्चालन गर्ने लक्ष्य लिएकोकोमा अधिकाँश योजना सम्झौता भएर कार्यसम्पन्न भएको उनले जानकारी दिए ।
योजनाहरु धेरै सम्पन्न भए तापनि भुक्तानीको काम भने बाँकी छ । पूरा भएका आधा जसो योजनाको भुक्तानी हुन सकेको छैन । योजना सम्पन्न भए तापनि अनुगमनको काम बाँकी रहेकाले स्थलगत रुपमा अनुगमनपछि सबैको भुक्तानी हुने उनले जानकारी दिए । अब एक महिना भित्र उपभोक्ता समिति मार्फत सञ्चालन भएका ८० प्रतिशत योजनाको भुक्तानी भइसक्ने जानकारी दिए ।
१२ योजना सम्झौतै भएनन्
वैतेश्वर गाउँपालिकाले १२ योजनाको सम्झौता गर्न सकेको छैन । स्थानीयस्तरमा विवाद भएका कारण योजना सम्झौता हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए । सम्झौता हुन नसकेका योजनालाई आगामी कार्यपालिकाको बैठक मार्फत संशोधन गरेर कार्यान्वयनमा ल्याउने योजना रहेको उनले जानकारी दिए ।
गाउँपालिकाले अधिकाँश योजनाहरु उपभोक्ता समितिमार्फत सञ्चालन गरे तापनि प्रदेश सरकार मार्फत आएका ठूला योजनाको भने टेण्डर गरेको छ । प्रदेश सरकार मार्फत गोपीखोला गैरीमुदी सडक र मैनापोखरी बगर सडक रहेका छन् । ति योजना पूरा भइसकेका छन् । ति दुवै योजना ३०÷३० लाखको रहेको उनले बताए ।
त्यसैगरी क्षेत्रपा–जुँगू–पिखुती सडक, रितबहादुर स्मृती शैक्षिक कार्यक्रम, कोल्डस्टोरको टेण्डर भइसकेको छ । यार्साको नर्सरी र हनुमन्ते एकीकृत योजनाको अध्ययनको काम भने अघि बढ्न बाँकी छ । गाउँपालिका उपाध्यक्ष रविचन्द्र आचार्यका अनुसार प्रदेश सरकारले यसका लागि ५० लाख विनियोजन भएको छ । यसको योजना बनाउने र १८० फिटको हुनमानको मूर्ती बनाउने लक्ष्य रहेको उनले जानकारी दिए ।
१ लाख देखि ९० लाख सम्मको योजना
गाउँपालिकाले चालु वर्ष पूर्वाधारतर्फ १ सय १८, कृषितर्फ १५, पशुपालनतर्फ ५ र लक्षित कार्यक्रमतर्फ ३ गरी २ सय ४१ वटा योजना सञ्चालन गर्दैछ । चालु वर्ष सञ्चालन हुने योजनाका लागि कूल १६ करोड ४२ लाख ५७ हजार बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले चालु वर्ष न्युनतम १ लाख देखि अधिकतम ९० लाख सम्मको योजना सञ्चालन गर्दैछ । विकास निर्माणको कामलाई प्रभावकारी रुपमा सञ्चालन गर्न प्रत्येक वडामा ३ पटकसम्म प्राविधिक कर्मचारीहरुबाट अनुगमन गरिने र उपाध्यक्षको अध्यक्षतामा रहेको ५ सदस्यीय अनुगमन समितिले निरिक्षण गरेपछि मात्रै अन्तिम भुक्तानी दिने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।
उपाध्यक्ष आचार्यले सम्पन्न भएका योजनाहरुको अध्यक्षसहितको टोलीले अनुगमन गरिरहेको बताए । अनुगमनपछि सबै योजनाको भुक्तानी हुने जानकारी दिए । वैतेश्वर गाउँपालिकाले चालु वर्ष चालुतर्फ ४ करोड ६४ लाख २२ हजार ८ सय ८० रुपैंया समेत गरी २१ करोड ६७ लाख ९ हजार ८ सय ८० रुपैंया बजेट पाएको छ ।

Shares

Be the first to comment on "बैतेश्वर गाउँपालिकाको ७० प्रतिशत योजना पूरा"

Leave a comment

Your email address will not be published.


*