बैतेश्वर गाउँपालिकाको वडा नंम्बर २ आफ्नै पक्की भवनमा

चरिकोट(दीस)–दोलखाको बैतेश्वर गाउँपालिकाको वडा नंम्बर २ आफ्नै पक्की भवनमा कार्यालय सरेको छ । सो वडाको गैरीमुदीमा निर्माण भएको पक्की भवनको आज गाउँपालिकाका प्रमुख छवी लामाले उद्धघाटन गरेसँगै कार्यालय औपचारिक रुपमा आफ्नै पक्की भवनमा सरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष्य लामाले गैरिमूदी हूँदै चल्ने गाउँपालिकाको मूख्य सडक कालापत्रे गर्न २ करोड बजेट छुट्याइएको र कालोपत्रेको काम सुरु भएको बताए । उनले सबै क्षेत्रको समानुपातिक ढंगले विकासका काम अघि बढिरहेको बताउदै हरेक आयोजनामा प्रत्यक्ष निगरानी तथा खबरदारी गर्न मातहतका स्थानीयहरुलाई आह्वान समेत गरेका छन् । अध्यक्ष लामाले वैतेश्वरलाई समृद्ध बनाउन सकृय रहेको जिकीर गर्दै विकास निर्माणमा सकृय हुन सबै क्षेत्रलाई अनुरोध समेत गरेका छन् । अध्यक्ष लामाले बुस्ती गैरिमूदि हुदै मिर्गे पुग्ने सडक तत्काल कालोपत्रे गर्ने जनाएका छन् । उनले वैतेश्वरको १ र २ नम्बर वडालाई लक्षित गरि निर्माण गरिएको बुद्ध स्तुपालाई भ्रमण वर्षमा पर्यटकलाई मुख्य आकर्शणको केन्द्र बनाउने जनाएका छन् । यसैगरी गाउँपालिकाका उपाध्यक्ष्य रवि चन्द्र आचार्यले यस वडा कार्यलय भवन निर्माणको लागि गाउपालिकाले गत आर्थिक बर्षको बिनियोजित ९३ लाख रकमले मिटिङ हल सहित चार कोठाको पक्कि भवन निर्माण गरेको बताए ।

Shares

Be the first to comment on "बैतेश्वर गाउँपालिकाको वडा नंम्बर २ आफ्नै पक्की भवनमा"

Leave a comment

Your email address will not be published.


*