बैतेश्वर गाउँपालिकाको मैनापोखरी रुम्टीमा १५ सैयाकाे अस्पतालको आज शिल्यान्यास

मैनापोखरी /ईस्वर दहाल  – दोलखाको बैतेश्वर गाउँपालिकामा आज १५ बेडको अस्पतालको आज शिल्यान्यास गरिएको छ । अस्पतालको गाउँपालिकाका प्रमुख छबि लामाले शिल्यान्यास गरेका छन्। आज शिल्यान्यास गरिएको बैतेश्वर अस्पताल भवन मैनापोखरीको रुम्टीमा १५ सैया काे बन्नेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृत भएको आधारभूत अस्पताल भवन निर्माण सम्बन्धि निर्देशिका ( २०७७ बमोजिम आगामी दुई वर्ष भित्र अस्पताल भवन निर्माणकार्य सम्पन्न हुने गाउँपालिकाका उपाध्यक्ष रबिचन्द्र आर्चायले बताए । बैतेश्वर अस्पतालको स्तरोन्नति हुने भएसँगै बैतेश्वरका नागरिकहरुलाई गुणस्तरीय आधारभूत स्वास्थ सेवा सुनिश्चित हुने उपाध्यक्ष आर्चायले बिस्वास ब्यक्त गरे । सबै स्थानीय तहमा ५ देखि १५ शैयासम्मको आधारभूत अस्पताल स्थापना गर्ने सरकारको नीति अनुरुप भवन निर्माणका लागि गाउँपालिकाले क्रमागत योजना अन्तर्गत यसबर्ष १ करोड रकम विनियोजन गरेको उपाध्यक्ष रविचन्द्र बताए । अस्पताल निर्माणको लागि स्थानीय जय बहादुर दहाल, जगत बहादुर दहाल, भिम बहादुर दहाल, हरि बहादुर दहाल, रामकाजी दहाल लगाएतले पाँच रोपनी जग्गा दान गरेका छन् ।

Shares

Be the first to comment on "बैतेश्वर गाउँपालिकाको मैनापोखरी रुम्टीमा १५ सैयाकाे अस्पतालको आज शिल्यान्यास"

Leave a comment

Your email address will not be published.


*