बैतेश्वर अस्पतालमा चोरी

ईश्वर बिश्वकर्मा
चरिकोट, जेठ २५
दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. ५ स्थित बैतेश्वर अस्पतालमा गएराती चोरी भएको छ । अस्पतालका सुरक्षागार्ड सुतेको मौका छोपी अस्पतालमा चोर पसेर चोरी गरेको बैतेश्वर गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक रुपेश चापागाईँले बताउनुभयो । उहाँका अनुसार चोरले अस्पतालको ढोका फोडेर भित्र पसी फार्मेसीमा रहेको गल्ला फोडेर नगद ७० हजार चोरी गरेको छ, भने बिरामी वार्डमा छिरी बिरामीको पैसा सहितको झोला समेत चोरेको छ । झोलामा पाँच हजार रुपैयाँ रहेको थियो । “अस्पतालका सुरक्षा गार्ड सुतेको बेला चोरले चोरी गरेको सीसी टिभी फुटेजमा देखिएको छ ।” उहाँले भन्नुभयो “ फुटेजमा कालो मुखुन्डो लगाएको एक चोरले चोरिहेको देखिन्छ ।” उक्त भिडीओ फुटेज अहिले सामाजिक सञ्जालमा सार्वजनिक भईसकेको छ । अस्पतालमा चोरी भएपछि अनुसन्धानको लागि प्रहरी निरीक्षक सहितको टोली परिचालन भएको छ । पछिल्लो दिनहरुमा दोलखामा चोरीको घटनामा वृद्धि भइरहेको छ । तर प्रहरीले चोर पक्रन नसक्दा थप त्रास बढेको छ ।

Shares

Be the first to comment on "बैतेश्वर अस्पतालमा चोरी"

Leave a comment

Your email address will not be published.


*