बैतेश्वरले गहुँको बिऊ वितरण गर्ने

इश्वर बिश्वकर्मा चरिकोट, –दोलखाको बैतेश्वर गाउँपालिकाले कृषकलाई उन्नत जातको गहुँको बिऊ वितरण गर्ने भएको छ ।
पालिकाको कृषि शाखाको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत खाद्यान्न बाली गहुँको बिऊ वितरण गर्ने भएको हो ।
किसानलाई प्रोत्साहन गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने नीतिअनुसार अनुदानमा कृषकहरुलाई गहुँको बिऊ वितरण गर्ने जनाइएको छ ।

बिहीबार एक सुचना जारी गर्दै पालिकाले गहुँको बिऊ वितरण गर्न लागिएकोले निजी कृषि फार्म, कृषक समुहलाई पालिकाको कृषि शाखामा निवेदन पेश गर्न अनुरोध गरिएको छ । गहुँको बिऊ प्राप्त गर्न नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कृषक समुहको दर्ता प्रमाणपत्रको प्रतिलिपि र निजी कृषि फार्मको हकमा दर्ता नविकरणको प्रतिलिपि सहित लिखित निवेदन पेश गर्नुपर्ने कृषि अधिकृत होम प्रसाद दाहालले बताए । किसानहरुले बिऊको सदुपयोग गरी गहुँ बालीको उत्पादन बढाउने विश्वास व्यक्त गरेका छन् ।

Shares

Be the first to comment on "बैतेश्वरले गहुँको बिऊ वितरण गर्ने"

Leave a comment

Your email address will not be published.


*