बैँकको ऋण लिएर उम्कन खोज्नेलाई छोडिन्न

प्रमोद वाव ुतिवारी, निर्देशक, कृषिविकास बैँक, क्षेत्रीय कार्यालय, जनकपुर

प्रमोद वाव ुतिवारी, निर्देशक, कृषिविकास बैँक, क्षेत्रीय कार्यालय, जनकपुर 

कृषिविकास बैँक लिमिटेड, दोलखाशाखामाआर्थिक तथा ब्यवस्थापकीयअनियमितता भयो भन्ने खबरहरु केही समय अघि निकै चर्चामा रहयो । शाखाप्रमुखले घुस मागेको र सेवाग्राहीलाई हैरानी दिएको भन्ने बिषयले निकै चर्चा पायो । यही कुराको छानविन गर्न बनेको टोलीकाप्रमुख एवं कृषिविकास बैँक क्षेत्रीयकार्यालय, जनकपुरका प्रमुख प्रमोदवाबु तिवारीले यो आरोपको ठाडै इन्कार गर्नु भएको छ । ऋण खाएर तिर्ननआउनेहरुले मिडियाको गलतप्रयोग गर्न खाजेको उहाँको दावी छ । कृषिविकास बैँकआधुनिक समयमानिकै प्रतिस्पर्धात्मकतरिकाले उच्चप्रविधिसहित अघि बढीरहेको र अब देशले राजनीतिक स्थायीत्वपाएसँगै बैँकले रचनात्मककार्यक्रमहरु ल्याउने जानकारी निर्देशकतिवारीले दिनुभएको छ । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीको संक्षिप्तअंश

) नेपालमा कृषिविकास बैँक स्थापनाको उद्धेश्य के थियो ?
नेपाल कृषिप्रधान देश हो । सरकारले २०२४ साल माघ ७गते कृषि क्षेत्रमा नयाँ प्रविधि र आधुनिकीकरण भित्र्याएर जनतालाई सहजकर्जा प्रदान गर्ने, सरकारका बित्तीय काम कारवाहीलाई जनस्तरमा पु¥याउन र जनताको जीवन स्तर सुधार गर्न स्थापना भएको बैँकहो । कृषि क्षेत्रलाई ब्यवस्थित गरी जनताको आर्थिक विकास गर्ने यसको उद्धेश्यहो ।
) यो बैँकले आफ्नो उद्धेश्यअनुसारकाकामहरु गरेको छ त ?यहाँ बाट पैसा लिँदानिकै सजिलो, नतिरे पनिहुने र धेरै बर्ष नतिर्दा छुट हुने, बैँकहो भन्ने बुझाई पनि छ नि?
हाम्रो नारा नै “तपाईहाम्रो घर आँगनको बैँक” छ । देशभरमै हाम्रो ठूलो सञ्जाल छ । हाम्रो २ सय ५३ वटा शाखाहरु छन् ।४ सय२२ वटा साना किसान विकास आयोजनाहरु छन् । देशमाथुप्रै जनताको घरमाहामीपुगेका छौँ, यस मानेमाहामी उद्धेश्य अनुरुप नै काम गरिरहेका छौँ । कृषिविकास बैंककाबिषयमा केही भ्रमहरु छन्, सरकारी बैँक भएकोले सरकारले कहिलेकार्हीँ सहुलियत दिने गर्छ । हरेक बर्ष केही प्याकेजहरु ल्याईने गर्छ र यसैका आडमा केही ऋणीहरु कहिलेकाहीँ पैसा नतिर्ने वाहाना बनाउनुहुन्छ तर त्यसरी सजिलै उम्कने अवस्था छैन । नेपालमा सबै बैँकलाई हेर्ने छाता ऐन बनेको छ । अहिले यो बैँक पूर्ण सरकारी होइन यहाँ धेरै शेयर होल्डरहरु पनि हुनुहुन्छ, अबऋणीहरु निकै सचेत हुनुपर्छ । आजको दिनमाआई पुग्दा हामी निकै ब्यवस्थित छौँ ।
३) यो बर्ष दोलखाशाखामानिकै अनियमितताभयो भन्ने खबर बाहिर आयो, शाखाप्रमुखले सेवाग्राहीसँग घुस मागेका, पूर्वाग्रही ढंगले कामगरेका कुरा सुन्नमाआएका छन्, तपाईकै नेतृत्वमा छानविन पनिभयो, यो कुराको वास्तविकता के पाउनुभयो ?
दोलखा शाखामा विगत देखि हामीले ध्यान दिई रहेकाथियौँ । पहिलेका कर्मचारीले केही कमजोरी गरेको हुनाले करिब २५ प्रतिशत रकम भाखा नाघेर बसेको थियो । यसमा झण्डै ३० करोड रकमहुन आउँछ । अब यस्तो अवस्था रहनु हुँदैन भनेर हालका शाखा प्रमुख दीपक खतिवडालाई तपाई कडा ढंगले ऋण उठाउन लाग्नुस् भनेर हामीले निर्देशन ग¥यौँ र अन्य अटेरी गर्ने कर्मचारीलाई सरुवा पनि ग¥यौँ । जब दीपकजीले काम सुरु गर्नुभयो, त्यसपछि ऋण नतिरी बस्नेहरु सल्बलाउनथाले, पत्रिकामै नामआउनथालेपछि त उनीहरुले देशका ठूलै तहका नेताको फोन लगाउने देखि धम्याउने, लोभ्याउने सम्मका कामहरु गर्न थाले तर बैँकले आफ्नो काम निरन्तर गरेपछि त्यस्ता ऋणीहरुले मिडियाको गलत प्रयोग गरेर अनावश्यक कुराहरु बाहिर ल्याए । वास्तवमातीआरोपहरु कुनैपनि सत्य छैनन्,हामीअझै कडा ढंगले ऋण उठाउन लाग्छौँ ।जनताको पैसा डुब्न दिदैनौ ।
हामीले यो बिषयमा मुख्य कार्यालयबाट प्रवक्ता मार्फत समाचारको खण्डन पनि गरेका छाँै । हामीले फिल्डमै आएर सेवाग्राही, ऋणी र कारोवार सबै हेर्दा अब ऋण उठाउने कुरामा चुप लागेर बस्ने अवस्था छैन । अहिलेकै प्रक्रियाले पनिनिकै रकम उठिसकेको छ, यसलाई हामी झनै घनीभूत ढंगले अघि बढाउदै लैजान्छौँ । पहिलेका कतिपय कुराबाट सिकेर हामीले अब योजनाबद्ध ढंगले हाम्रागतिविधि अघि बढाउछौँ लामो समय भएका लाई कालो सूचीमा राख्न सुरु गर्छौँ ।
४) तपाईको कुराले त बैँकको दोष नै नभएको जस्तो देखियो तर हावानचलीपातहल्लिदैन भन्छन् नि?
हामीले विभिन्न मानिसहरु लाई भेट्यौँ । पत्रिकामानाम आउने भनेपछि धेरैले पैसा बुझाएको पनि देखियो । पहिले देखि फलोअपनभएर पनि पैसा नउठेको पाइयो, यो त बैँकको कमजोरी नै हो । अनि देशको राजनीतिकअवस्थापनि संक्रमणमा रहेकोले उच्चपदमा रहनेहरुले कामगर्न नदिएको पनि देखियो । तर अब जेजे भएपनि बैँकको बिजनेस डुब्नेगरी कसैलाई माफी दिननसकिने निष्कर्ष हो । जनकपुरमा सबैभन्दा बढी ऋण नउठेको शाखायही नै हो । यसलाई हामी चाँडै सुधार गरेर नतिजा देखाउँछौँ ।
५) सरकारी बंैकहरुको सेवानिकै फितलो हुन्छ, प्रविधिल्याउन सक्दैनन, प्रतिस्पर्धामाजान सक्दैननभन्ने आरोपहरु पनि छन्, नि के भन्नुहुन्छ ?
यीआरोपहरुमा केही सत्यता छ । बैँक स्थापना हुँदाको सन्दर्भ एउटा थियो अहिले अर्कै छ । प्रतिस्पर्धामा जान नसक्नेहरु मर्ज भैरहेका छन् । तर अहिले हाम्रो सेवा सुविधा राम्रो छ । सुरुमा देशमा कम्युटर प्रणाली भित्र्याउने हाम्रै बैँकहो । हामीले एसियाकै उत्कृष्ट सफ्टवेयर डेमोनस्टी २४ प्रयोग गरेर देशभरमै अनलाईन सेवा दिईरहेका छाँै । प्रविधिका हिसावले निकै अघि बढिरहेका छौँ मोबाईल बैँकिङ, एटीम भिजा कार्ड, एल.सी., टी.टी.(विदेशमा पैसा पठाउने सुविधा), आश्वा सुविधामार्फत जुनसुकै कम्पनीको शेयर हाल्ने ब्यवस्था छ यीलगायत नेपालमाउपलब्धभएका सबै प्रविधिको भरपुर प्रयोग गरेर ग्राहकलाई सेवादिईरहेका छौँ ।
६) बैँककाब्यवस्थापकीयचुनौती केके देख्नुहुन्छ ? कृषिविकास बैँकले कसरी लागु गर्र्दै जान्छ ?
बैँकभन्ने बित्तिकै पैसाको बिजनेस हो । यसमा थुप्रै चुनौतीहरु हुन्छन् तर हामीले प्रतिस्पर्धात्मक बजारमा प्रविधि, जनशक्ति, अनुभव लगायतका कुरा मिलाएर अघि बढीरहेका छाँै । कर्मचारीलाई मोटिभेसन, तालिम जस्ता कुराहरु दिईरहेका छौँ । हामी यो बैँकलाई देशकै नमुना बैँकको रुपमा स्थापनागर्ने तयारीमा जुटेका छाँै । हाम्रो प्रमुख टेवा नै कृषिमा हुन्छ, यीबाहेक नुन देखि सुन सम्मभनेजस्तै, सबै क्षेत्रमालगानीगरिरहेका छौँ ।
७) अन्तमा के भन्नुहुन्छ ?
बँैकबाट ऋण लिएर नतिर्ने प्रवृित्तलाई निरुत्साहितगर्नुपर्छ । हाम्राबिषयमा जेजति कुरा बाहिर आएपनिहामीहाम्रो काममा सफा छौँ, पारदर्शी छौँ । पत्रिकामाआएका कुराले हामीप्रति सबैको ध्यानआकर्षित भयो, हामीले हाम्रा कुरालाई प्रष्ट पार्ने मौकापनिपाएका छौ । तर ऋण खाएर नतिर्नेलाई हामी छोड्नेवाला छैनौँ, जतिसुकै हल्लावाजी गरेपनि बैँकको ऋण तिर्नै पर्छ, यो संसारभरी कै नियमहो । यसमा सहयोग गरिदिन म सबैलाई आग्रहगर्दछु ।

संकलन
शरद सापकोटा

Shares

Be the first to comment on "बैँकको ऋण लिएर उम्कन खोज्नेलाई छोडिन्न"

Leave a comment

Your email address will not be published.


*