बृज सिमेन्टले ल्यायो दोलखामा निर्माणकर्मीको निःशुल्क दुर्घटना बीमा

चरिकोट(दीस) – सामाजिक उत्तरदायित्व वहन गर्दै बृज सिमेन्ट उद्योगले दोलखाका निर्माणकर्मीको निःशुल्क रुपमा दुर्घटना बीमा गर्न शुरु गरेको छ । विहिबारबाट दोलखामा उद्योगले यस्तो योजना ल्याएको हो । उद्योगले निर्माणमा संलग्न निर्माण व्यवसायी र मिस्त्रीहरुको पाँच लाख बराबरको बीमा गर्न शुरु गरेको हो ।

बृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.का बजार प्रबन्धक सुरेश जैसवालका अनुसार निर्माणकर्मीहरुलाई एक्सपर्टस् म्यासन क्लबमा आवद्ध गरेर बीमा सहित अन्य सुविधाहरु उपलब्ध गराउन लागेको हो । बीमासँगै बृज सिमेन्टले अन्य विभिन्न सुविधाहरु समेत उपलब्ध गराउन लागेको जैसवालले जानकारी दिए । उनले भने “मुख्य रुपमा हामी निर्माणकर्मीहरुको बीमा गर्नेछौं, यससँगै उहाँहरुलाई विभिन्न सुविधाहरु समेत उद्योगले उपलब्ध गराएको छ ।”

पछिल्लो समय नेपाली बजारमा अग्रणी सिमेन्टको रुपमा चिनिएको बृजले देशभरका ३ हजारभन्दा बढी निर्माणकर्मीहरुको बीमा गर्ने लक्ष्य राखेको कम्पनीका जैसवालले जानकारी दिए । उनका अनुसार भैरहवामा बि.सं. २०५६ सालमा स्थापना भई २०५९ सालबाट नियमित उत्पादन थालेको कम्पनीले हाल दैनिक ४० हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ । यस योजनाले मजदुरको सुरक्षा योजनामा आफुहरु सुरक्षित महसुस भएको एक निर्माणकर्मीले दीक्षण न्युजलाई बताए । उनले “उद्योगले यस्तो योजना ल्याउँदा निर्माणकर्मीको सुरक्षा छ है ”भन्ने सन्देश दिएको बताए ।

उद्योगले निर्माणकर्मीलाई पासबुक उपलब्ध गराएर कात्तिक १ गतेबाट बीमा कार्यक्रम अघि बढाएको छ । यस कार्यक्रमले निर्माणकर्मीहरुलाई सुरक्षा दिने र आकर्षण बढाउन उनले विस्वास लिए ।

यसै क्रममा दोलखामा निर्माण क्षेत्रमा क्रियाशील निर्माणकर्मीहरुका बीचमा औपचारिक रुपमा कार्यक्रम शुभारम्भ गरिएको दोलखाका बृज सिमेन्टका प्रतिनिधी सुरेश चौधरीले जानकारी दिए । विहिबार भएको कार्यक्रममा दोलखाका ८० भन्दा बढी निर्माणकर्मीले सहभागिता जनाएका थिए । निर्माण क्षेत्रमा क्रियाशील निर्माणकर्मीहरुका बीचमा औपचारिक रुपमा शुभारम्भ गरिएको कार्यक्रममा दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्र श्रेष्ठ, दोलखा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सुन्दर कार्की , चेम्वर अफ दोलखाका महासचिव पान्डबसिंह पाण्डे , दोलखा उद्योग वाणिज्य संघका सदस्य गणेश विक्रम शाही , दोलखाका हाडव्यर व्यवसायी तथा निर्माणकर्मीहरुको सहभागिता रहेको थियो ।

 

 

हामीसँग युटुबको च्यानल मार्फत जोडिन चाहनेले यो लिङकDikshannews Daily TV युटुवमा सर्च गरी खोली  हरपल दोलखाको खबर देशको खबरको लागिको दोलखामा डिजिटल माध्यममा जोडिन यो तलको च्यानल खोली subcribes गर्न सक्नु हुने छ ।

Shares

Be the first to comment on "बृज सिमेन्टले ल्यायो दोलखामा निर्माणकर्मीको निःशुल्क दुर्घटना बीमा"

Leave a comment

Your email address will not be published.


*