बीपी स्मृति दिवसमा विद्यालयमा वृक्षारोपण

ईश्वर बिश्वकर्मा
चरिकोट, साउन ६

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४० औँ स्मृति दिवसको अवसरमा वृक्षारोपण गरिएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन सङ्घर्ष गरेका कांग्रेस नेता बीपी कोइरालाको सम्मान, सम्झना र स्मृतिमा नेपाल ट्रेड युनियन काङ्ग्रेस दोलखाको आयोजनामा चरिकोट स्थित कालिञ्चोक माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण गरिएको हो ।
कांग्रेस नेता एवं भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धरले वातावरण संरक्षण र सन्तुलन कायम राख्न तथा विद्यालय क्षेत्र हरियाली र सुन्दर बनाउने उद्देश्य सहित बिपीको सम्झना गर्दै विभिन्न प्रकारको वृक्षरोपण गरिएको बताउनुभयो ।

बिपीको नीति अवलम्बन गर्दै उहाँको मार्गमा हिँड्न आवश्यक रहेको बताउँदै नेता केशवराज चौलागाईँले बिपीको झैँ त्याग, समर्पण र देश जनताको लागि योगदान गर्नुपर्ने उहाँको जीवनीबाट प्रेरणा पाउन सकिने बताउनुभयो । वृक्षरोपणले बिपीको स्मरण र सम्मान हुनुका साथै पर्यावरण संरक्षणमा टेवा पुग्ने बताइएको छ ।
बीपी कोइराला राजनीतिज्ञ मात्र नभएर साहित्यकार पनि हुनुहुन्थ्यो । उहाँको साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान रहेको छ । विसं १९९२ मा चन्द्रवदन कथामार्फत मनोविश्लेषणवादी साहित्य क्षेत्रमा प्रवेश गर्नुभएका कोइरालाको दोषी चश्मा, तीन घुम्ती, जेल जर्नल लगायत थुप्रै कीर्ति प्रकाशित छन् । उहाँको वि. स. २०३९ साल साउन ६ गते निधन भएको थियो । सोही दिन कोइरालाको सम्मान र सम्झनाका लागि स्मृति दिवस मनाइन्छ ।

Shares

Be the first to comment on "बीपी स्मृति दिवसमा विद्यालयमा वृक्षारोपण"

Leave a comment

Your email address will not be published.


*