बिरामीलाई फलफूल र साबुन वितरण

इश्वर बिश्वकर्मा
चरिकोट, चैत्र २५
‘स्वास्थ्य सेवामा सबैको पहुँच’ पु¥याउनुपर्ने आवश्यकतामा जोड दिँदै नेपालमा पनि विश्व स्वास्थ्य दिवस मनाईछ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को स्थापना भएको दिन यो दिवस मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठन १९४८ अप्रिल ७ मा स्थापना गरिएको थियो । यस कारण प्रत्येक साल ७ अप्रिलका दिन विश्व स्वास्थ्य दिवसको रूपमा मनाउने गरिन्छ । यही दिवसको अवसरमा बुधबार दोलखाको जिरी स्थित जिरी अस्पतालमा उपचाररत बिरामी तथा सुत्केरी आमाहरुलाई फलफूल, हर्लिक्स, साबुन र सेनेटाइजर वितरण गरिएको छ । ‘स्वस्थ विश्वको लागि समतामुलक स्वास्थ्य सेवा’ भन्ने मुल नाराका साथ विश्व स्वास्थ्य दिवसको अवसरमा जिरी नगरपालिकाले २ जना सुत्केरी आमा सहित १३ जना उपचाररत बिरामीलाई उक्त सामग्री वितरण गरेको हो । अंगुर, केरा सहितको फलफूल, १ बट्टा हर्लिक्स, ४ वटा साबुन र १ वटा सेनेटाइजर वितरण गरिएको नगर उपप्रमुख कृष्णमाया बुढाथोकीले बताइन् । साथै कोरोना संक्रमणसगैँ अन्य रोगहरुबाट बच्न साबुन पानीले हात धुनुपर्ने र स्वस्थ्य जीवनका लागि फलफूलको सेवन फलदायी हुने सन्देश प्रवाह गरिएको छ । उक्त कार्यक्रममा नगर उपपप्रमुख बुढाथोकी, प्रमुख प्रशासकिय अधिकृत जगदिश चन्द्र शिवाकोटी, स्वास्थ्य शाखा संयोजक केशव दाहाल र वडाध्यक्षहरुको सहभागीता रहेको थियो ।

Shares

Be the first to comment on "बिरामीलाई फलफूल र साबुन वितरण"

Leave a comment

Your email address will not be published.


*