बिपी स्मृति दिवसमा वृक्षारोपण

दीक्षण समाचार
चरिकोट, साउन ७
बिपी कोइरालाको ३७ स्मृति दिवसमा सोमबार दोलखाको भीनपा ३ स्थित कालिञ्चोक मावि वरिपरि वृक्षरोपण गरिएको छ ।
नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर संघर्ष गरेका नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको सम्झना गर्दै विद्यालय प्राङ्गनमा वृक्षरोपण गरेको हो । विद्यालय वरिपरि लप्सी, लहरे ओखर, धुपी, कटुस लगायत स्थानिय जातका बोट विरुवा रोपिएको छ ।
बिपी स्मृति समारोह सहित वृक्षारोपण कार्यक्रम नेपाली काँग्रेस नगर वडा कार्यसमिति भीमेश्वर नगरपालिका ३ को आयोजना गरिएको हो । जिल्ला वन कार्यालय दोलखाले वृक्षारोपणका लागि स्थानिय जातका बोटविरुवा उपलब्ध गराएको नेपाली काँग्रेस दोलखाका सचिव सन्तोष रिमालले बताए ।
र विगत वर्षमा सदरमुकाममा मात्रै वृक्षारोपण गरि बिपीको सम्झना गरिन्थ्यो । तर यो वर्षमा नेपाली काँग्रेस जिल्ला समितिको बैठक अनुसार दोलखाका ७४ वटै जिल्लामा विभिन्न कार्यक्रमको साथै वृक्षरोपण गरिएको हो । जसले गर्दा बिपीको नीति र बाटोमा हिँड्न सबैलाई प्रेरित भएको उनले भने ।
स्मृति समारोहमा बोल्दै नेपाली काङ्ग्रेस दोलखाका सभापति रुद्र बहादुर खड्काले विपीको मार्गमा हिड्न र विपीकोजस्तै अनुकरणीय कार्य गर्न आग्रह गरे । कार्यक्रममा नेता बर्मा लामा, जयाराम श्रेष्ठ, लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
साथै नेपाली काँग्रेसले दोलखाका ७४ वटै वडामा वृक्षरोपनको साथमा विभिन्न कार्यक्रमको आयोजना गरि स्मृति दिवश मनाइएको छ ।
नेपाली काङ्ग्रेस दोलखाले ७४ वटा वडामै विपि कोइरालाको स्मृति दिवसमा स्मृति सभासगैँ करिब ४ हजार बोटविरुवा वृक्षारोपण गरेको छ । नेपाली काँग्रेस दोलखाले हरेक गाउँपालिकाको वडामा ५० देखि १०० वटा बोटविरुवा वृक्षारोपण गरेको हो । सोमबार मुलुकभर नै बिपी कोइरालाको स्मृति विभिन्न कार्यक्रमका साथ गरिएको छ ।
विसं १९९२ मा चन्द्रवदन कथामार्फत मनोविश्लेषणबादी साहित्य क्षेत्रमा प्रवेश गरेका कोइरालाको कोइरालाको दोषी चश्मा, तीन घुम्ती, जेल जर्नल लगायत थुप्रै कृर्ति प्रकाशित छन् । कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो ।

Shares

Be the first to comment on "बिपी स्मृति दिवसमा वृक्षारोपण"

Leave a comment

Your email address will not be published.


*