बिजुली नियमित गर्न मैनापोखरीबासीको ध्यानाकर्षण

नवीनकुमार खतिवडा/मैनापोखरी– दोलखाको वैतेश्वर गाउँपालिका र यस आसपास को क्षेत्रमा विद्युत आपूर्तिमा निरन्तर समस्या आइरहेकोले समस्या समाधानका लागि मैनापोखरीबासी ले निवेदन सहित ध्यानाकर्षण गराएका छ्न। वैतेश्वर गाउँपालिका ५ मैनापोखरी स्थित स्थानीय नागरिक अगुवा मोहनकृष्ण शर्मा,सुन्दर दहाल,लक्ष्मण चौलागाईं सहित स्थानीय बजार बासिको ठूलो संख्यामा गएको टोलिले विद्युत प्राधिकरण मैनापोखरी युनिट केन्द्रका प्रमुख खेम जिरेल लाई ध्यानाकर्षण गराएको हो। ध्यानाकर्षण पत्रमा वैतेश्वर तथा यस को आसपास मा बिगत लामो समय देखि बिजुली नियमित नभएको,दैनिक ५० पटक सम्म बिजुलि आउने जाने गरेको,रातको समयमा पुरै बिजुलि जाने गरेको कारण उद्योग व्यबसायी लाई समस्या भएको,नियमित अक्सिजन लिनुपर्ने बिरामी लाई कन्सन्टेटर नचल्ने,विद्यार्थी हरुलाई अनलाइन कक्षा लिन नपाउदा अध्ययनमा समस्या भएको,लगाएतका समस्या उल्लेख गरि समाधानको लागि ध्यानाकर्षण गराइएको स्थानीय नागरिक अगुवा मोहनकृष्ण शर्माले जानकारी दिनुभयो।साथै समस्या समाधान को लागि कार्यलय प्रमुख समक्ष जोडदार माग गरेको यदि माग पूरा नभएमा वैतेश्वर बासिले थप आन्दोलनका कार्यक्रम घोषणा गरि कार्यालयमा तालाबन्दी समेत गर्ने चेतावनी दिएको नागरिक अगुवा शुन्दर दहाल ले जानकारी दिनुभयो!

Shares

Be the first to comment on "बिजुली नियमित गर्न मैनापोखरीबासीको ध्यानाकर्षण"

Leave a comment

Your email address will not be published.


*