बिगु गाउँपालिकामा ५० बेडको क्वारेन्टाइन

माङगेली शेर्पा चरिकोट, दोलखाको विगु गाउँपालिका वडा नं. ४ लादुक स्थित माईथानमा ५० बेडको क्वारेन्टाइन तयारी अवस्थामा राखिएको छ । कोरोना संक्रमण प्रभावित जिल्ला तथा अन्य देशबाट पालिका फर्किएका र कोरोना आशंका गरिएका व्यक्तिहरुलाई राख्न क्वारेन्टाइन तयारी अवस्थामा राखिएको हो । पालिकाका स्वास्थ्य शाखा संयोजक इश्वर खड्काका अनुसार १ सय जना क्षमताको क्वारेन्टाइन तयारी अवस्थामा रहेको छ । यसअघि पालिकाले सिस्नेरीस्थित पहिला आर्मी व्यारेकमा क्वारेन्टाइन निर्माण गरेको थियो । तर त्यहाँ माथिल्लो तामाकोशी हाइड्रोका कर्मचारीले प्रयोग गर्न थालेपछि पालिकाले १ तल्लाको भवन निर्माण गरी क्वारेन्टाइन व्यवस्थापन गरेको हो । क्वारेन्टाइनमा एक जना हेरालुको समेत व्यवस्था गरिएको छ । पालिकाले अन्य जिल्ला तथा देशबाट पालिका फर्किनेलाई क्वारेन्टाइनमा बस्न आग्रह समेत गरेका छन्। बैशाख ८ गते बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा यस अघिनै स्थापना गरिएका क्वारेन्टाइन, आईसोलेसन सेन्टर, लगायतका स्थानहरुलाई पुनः सञ्चालन ल्याउने, प्रत्येक स्थानीय स्तरहरुमा मापदण्ड पालना गरेर कम्तिमा पनि १÷१ वटा क्वारेन्टाइन तयार पार्ने निर्णय गरेको थियो ।

Shares

Be the first to comment on "बिगु गाउँपालिकामा ५० बेडको क्वारेन्टाइन"

Leave a comment

Your email address will not be published.


*