बिगु गाउँपालिकामा सडक खन्नेक्रममा पहिरो खस्दा एक कामदारको मृत्यु, दुई घाइते

दोलखा — बिगु गाउँपालिका-१, लामाबगरबाट लप्ची जाने सडक खन्ने क्रममा सुख्खा पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका  छन्।

पहिरोमा पुरिएर २२ वर्षीय कुशन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । २८ वर्षीय दिलकुमार तामाङ र ५८ वर्षीय रसमान तामाङ घाइते भएका छन् ।

उनीहरूको हेलिकप्टरबाट उद्धार गर्ने तयारी भइरहेको बताइएको छ । लप्चीमा निर्माणाधीन दुगड हाइड्रोका लागि सडक निर्माणको काम भइरहेको छ । उक्त सडक खन्ने क्रममा सुख्खा पहिरो खसेको प्रहरीले जनाएको छ ।

सुख्खा पहिरोमा मृत्यु हुने र घाइते दुवै सडकमा काम गर्ने कामदार हुन् । यसअघि पनि उक्त सडक खन्ने क्रममा मंसिर ११ गते सुख्खा पहिरो खस्दा तामाकोशी नदी थुनिएको थियो ।

Shares

Be the first to comment on " बिगु गाउँपालिकामा सडक खन्नेक्रममा पहिरो खस्दा एक कामदारको मृत्यु, दुई घाइते"

Leave a comment

Your email address will not be published.


*