बिगु गाउँपालिकामा जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने

दीक्षण समाचार /चरिकोट,–२९९ औँ पृथ्वी जयन्तीको अवसरमा दोलखा जिल्ला अन्तरपालिका स्तरीय खुल्ला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । भाइचारा, आपसी सहयोग एवं सद्भाव अभिवृद्धि गर्ने तथा दोलखा जिल्लाको फुटबल खेलको विकासको अभिप्रायका साथ तीन पोखरी युवा क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो । “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने नारा सहित हुने फुटबल खेल पुस २७ गते विगु–४, लादुक स्थित शान्ति आदर्श माविको प्राङ्गणमा खेलाइने आयोजकले जनाएको छ । फिफाको अन्तर्राष्ट्रिय नियम अनुसार खेलाइने प्रतियोगिताको विजेता समुहलाई एक लाख रुपैँया, उपविजेता समूलाई पचास हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ । तृतीय हुन समुहले २० हजार र प्रमाणपत्र र सान्त्वना हुने समूहले पाँच हजार नगद पुरस्कार पाउने छ । बेस्ट स्कोरर, बेस्ट किपर, बेस्ट स्टाइकर, बेस्ट डिफेन्डर, म्यान अफ द म्याच प्रदान गरिने छ । प्रतियोगितामा सहभागी हुन इच्छुक समूहले पुस २५ गते ५ साँभm ५ बजेसम्म समुह दर्ता गराउन सक्ने छन् । खेलाडी सम्बन्धित गाउँपालिकाको भएको सक्कल प्रमाणपत्र तथा एक प्रति फोटो पेश गर्नपर्ने छ। खेलाडी, कोच तथा मेडिकल टिम सहित जम्मा १६ जना हुनपर्ने छ । टिम दर्ता शुल्क पाँच हजार र धरौटी शुल्क तीन हजार लाग्ने छ । साथै धरौटी शुल्क टिम दर्ता गर्दा नै बुझाउनु पर्ने छ । खेल लिग चरणमा खेलाइने आयोजकले जनाएको छ ।

Shares

Be the first to comment on "बिगु गाउँपालिकामा जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने"

Leave a comment

Your email address will not be published.


*