बिगु गाउँपालिकाको बजेट ५५ करोड ४२ लाख ६० हजार

ईश्वर बिश्वकर्मा
चरिकोट, असार ११
दोलखाको विगु गाउँपालिकाले शुक्रबार नयाँ आर्थिक वर्षको लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । दोस्रो गाउँसभाको प्रथम अधिवेशनमा पालिका उपाध्यक्ष देविका थामीले आगामी आर्थिक वर्षको लागि ५५ करोड ४२ लाख ६० हजारको अनुमानित बजेट सार्वजनिक गर्नुभएको हो । पालिकाको आन्तरिक आय एक करोड ३२ लाख ५० हजार सहित संघ र प्रदेशबाट प्राप्त हुने अनुदानलाई जोडेर निर्माण गरिएको बजेटले पालिकामा सामाजिक, आर्थिक, पर्यटकीय र भौतिक पूर्वाधार विकासमा कार्यान्वयन गरिने उपाध्यक्ष थामीले बताउनुभयो । उहाँले स्थानीय तहको पहिलो कार्यकालमा सुरु भएका क्रमागत योजनालाई समेत पूर्णता दिने गरी बजेट सार्वजनिक गरिएको बताउनुभयो । बिगुले पनि कृषि, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारमै बढी बजेट खर्चिने र विकासको गतिलाई निरन्तरता दिने भएको छ ।
 

Shares

Be the first to comment on "बिगु गाउँपालिकाको बजेट ५५ करोड ४२ लाख ६० हजार"

Leave a comment

Your email address will not be published.


*