बाेका वितरण

ईश्वर बिश्वकर्मा
चरिकोट, असार २४
दोलखाको भीमेश्वर नगरपालिकाले उन्नत जातको बोका वितरण गरेको छ । ९ वटै वडाका कृषक, कृषक समुह, कृषि फार्म र कृषि सहकारीलाई ५० प्रतिशत अनुदानमा १५ वटा उन्नत जातको बोका मंगलबार वितरण गरिएको हो ।
बोका प्राप्त गर्न कृषक, कृषक समुह, कृषि फार्म र कृषि सहकारीले माग आवेदन दिएका थिए । जसमध्ये १५ जनाले एक–एक वटा बोका पाएका नगरको पशु सेवा शाखाले जनाएको छ ।
नश्ल सुधार र व्यवसायिक पशुपालनमा उत्प्रेरित गर्न बोका वितरण गरिएको हो । वितरित बोकाको नगरले नै बीमा गरिएको छ । बाेका ढुवानी र बीमा सहित २ लाख ५० हजार रुपैयाँ खर्च भएको नायव पशु सेवा प्राविधीक शंकर प्रसाद पाठकले बताए ।

Shares

Be the first to comment on "बाेका वितरण"

Leave a comment

Your email address will not be published.


*