बाल विकास शिक्षक र कार्यालय सहयोगीलाई प्रोत्साहन भत्ता

ईश्वर विश्वकर्मा
चरिकोट,  साउन ९

विगु गाउँपालिकाले विद्यालयमा कार्यरत बाल विकास शिक्षक, कार्यालय सहयोगी र कर्मचारी सहायकलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ ।
गाउँपालिकामा कार्यरत लगनशिल, मिहिनेती बाल विकास शिक्षक कार्यालय सहयोगी र कर्मचारी सहायकलाई पालिकाले भत्ता दिने भएको हो ।
आर्थिक वर्ष २०७६÷०७७ को देखि वार्षिक एकमुष्ठ रुपमा प्रतिव्यक्ति दश हजार भत्ता दिन ४८ लाख चालिस हजार विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष संजिव ओलीले बताए ।
उनका अनुसार पालिकामा कार्यरत ती व्यक्तिहरुको काममा बढि खटिएर पनि तलब कम हुने भएकाले केहि राहत हुने उद्देश्यका साथ गाउँपालिकाले भत्ता दिने निर्णय गरेको हो । भत्ता पाएर अझ काम प्रति लगाब बढाउन प्रोत्साहन भत्ता वितरण गरिने उनले बताए ।
साथै गाउँपालिकाले शैक्षिक गुणस्तर बृद्धि गर्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई तालिम प्रदान गर्ने योजना सहित बजेट विनियोजन गरेको छ । सामुदायिक विद्यालयमा भौतिक सवलीकरण शैक्षिक गुणस्तरमा सुधार ल्याउन पुर्वाधार विकास गरिने पनि ओलीले बताए ।
गाउँपालिकालाई चाहिने प्राविधिक जनशक्ति उत्पादन गर्न सिंगटीमा पालिकाले सञ्चालन गर्ने गरि एक प्राविधिक विद्यालय स्थपना गर्न ८० लाख बजेट विनियोजन गरेको छ ।
विगु गाउँपालिकाले गुणस्तरीय भौतिक पुवार्धारको विकास गर्ने, लैंगिक समनता तथा सामाजिक न्याय कायम गर्ने, पर्यटन प्रवद्र्धन गर्ने, शान्ति सुरक्षा र सुशासन कायम गर्ने प्राथमिकता सहित बजेट विनियोजन गरेको छ ।
त्यसका साथै खेलकुद विकास र प्रवद्र्धन गर्ने, स्वच्छ खानेपानी उपलब्ध गराउने, कृषि तथा पशुपालनमा आधुनिकीकरण गरि सम्बृद्ध विगुगाउँपालिका निर्माणकालागि ३६ करोड बराबरको बजेट विनियोजन गरेको छ ।

Shares

Be the first to comment on "बाल विकास शिक्षक र कार्यालय सहयोगीलाई प्रोत्साहन भत्ता"

Leave a comment

Your email address will not be published.


*