बालिका बलात्कारको आरोपमा १ पक्राउ

दीक्षण समाचार
चरिकोट, १ जेठ
बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राऊ गरेको छ । ठुलो बुवाको घरमा लगाईएको पुजामा जादै गरेकी एक १३ बर्षिय बालिका बलत्कृत भएकी हुन । उनलाई जबरजस्ती बलात्कार गर्ने भीमेश्वर नगरपालिका वडा नं. ७ का रामबहादुर तमाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रबक्ता प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिए ।
प्रहरी निरीक्षक बोहोराका अनुसार घटना २ हप्ता अघिको हो । साँझको समयमा पुजामा जादै गरेको अबस्थामा अभियुक्त तामाङले ललाई फकाई आफ्नै घरमा लगेर करणी गरेको खुल्न आएको छ । पिडितको दाईले दिएको किटानी जाहेरीको आधारमा निज राम बहादुर तामाङलाई मंगलबार आफ्नै घरबाट पक्राउ गरी दोलखा जिल्ला अदालतबाट दिन ८ को म्याद थप भई अनुसन्धान कार्य भई रहेको जनाएको छ ।
उनलाई मुलुकी अपराध सहिता ऐन २०७४ को दफा २१९ को उपदफा ३ (ख) अनुसार दश बर्ष वा दश बर्ष भन्दा माथी चौध बर्ष भन्दा कम उमेरकी बालिकालाई जबरजस्ती करणी गर्ने ब्यक्तीलाई १४ देखी १६ बर्ष सम्म कैद सजाय हुन सक्ने कानुनी ब्यबस्था छ ।

Shares

Be the first to comment on "बालिका बलात्कारको आरोपमा १ पक्राउ"

Leave a comment

Your email address will not be published.


*