बालमैत्री नगर घोषणाको तयारीमा दोलखाको जिरी नगरपालिका

ईश्वर दहाल
जिरी, फागुन १५
दोलखाको जिरी नगरपालिकाकालाई बालमैत्री नगरपालिकाको रुपमा घोषणा गरिने भएको छ ।
नगरपालिकाले बालमैत्री नगर घोषणाका लागि विभिन्न तयारी गरिरहेको छ । नगरपालिकालाई बालमैत्रि घोषणा गर्नका लागि नगरपालिकाको आयोजनामा ३ दिने “बालबालिकामा गरेको लगानी लिएर आउछ, सुनौलो बिहानि” भन्ने मुल नाराका साथ बालमैत्रि स्थानीय शाषण घोषणा वडा तथा नगरका सहजकर्ताहरुको सहजीकरण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नगर प्रमुख टंक जिरेलले नगरलाई बालमैत्री बनाउनका लागि सबै सरोकारवालाहरुलाई सहयोग गर्न आग्रह गरे ।
जरी नगरपालिकाका ९ वटा वडाका दुई दुई जना सहजकर्ता सहित प्रत्येक वडाका एक वडा सदस्यीय सहित २३ जना गणकको समेत सहभागीता रहेको थियो । तालिममा बालमैत्रि स्थानीय शासनका लागि गणक तथा सर्वेक्षकहरुलाइ बालमैत्रि सुचकको जानकारी साथै सहजिकरणको सीप सहित गणकको मुख्य जिम्मेवारी को जानकारी समेत दिएको छ । कार्यक्रममा नगरका प्रमुख प्रशाशकिय अधिकृत शिवप्रसाद रिजाल, जिरी माबिका प्रधानाध्यापक केशवकुमार कार्की, युवा परिषद् दोलखाका अध्यक्ष इश्वर दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । तालिमको सहजिकरण बिष्णुकुमार चौबेले गरेका थिए ।

Shares

Be the first to comment on "बालमैत्री नगर घोषणाको तयारीमा दोलखाको जिरी नगरपालिका"

Leave a comment

Your email address will not be published.


*