बालगृहलाई सहयोग

चरिकोट(दीस) –दोलखाको सदरमुकाम चरिकोट सातदोबाटोबाट दुई किलो मिटर दुरी अन्तरमा अवस्थित गौरीशंकर बालगृहलाई खाद्यान्न सामाग्री सहित आर्थिक सहयोग गरिएको छ । हिन्दुहरुको महान चाड दशैँलाई गृहमा आश्रित बालबालिकाहरुले पनि हर्षोल्लासका साथ मनाउन्, भन्ने सोचसहित चरिकोटका व्यवसायी रामशरण बस्नेतले आफ्नो जन्मदिनको अवसरमा सहयोग गर्नुभएको हो । भीमेश्वर नगरपालिका–५ माटीका बस्नेतले आफ्नो कमाईको केही प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्ने उद्धेश्यसहित गृहमा चामल, तेल, बिस्कुट, फलफूल लगायतका सामाग्री सहित नगद पाँच हजार सहयोग गर्नुभएको बताइएको छ । बाल गृहमा ३० जना बालबालिकाहरु रहेका छन् । बाल गृहलाई सहयोगीहरुले विभिन्न अवसरमा सहयोग उपलब्ध गराउने गरेका छन् । जसले गर्दा बाल गृह सञ्चालनमा केही सहज हुने गरेको नेपाल बाल संगठन दोलखाका सभापति राम प्रसाद सापकोटाले बताउनुभयो । बाल संगठनद्धारा सञ्चालित सो बाल गृहको भवनहरु जीर्ण बनेको छ । तर यसको मर्मत सम्भार तथा नयाँ भवन निर्माणमा सरोकारवालाले चासो नदिँदा बालबालिका त्रासमा बस्न बाध्य छन ।

Shares

Be the first to comment on "बालगृहलाई सहयोग"

Leave a comment

Your email address will not be published.


*