काभ्रे(दीस)ः बाबुलाई खुर्पा र गलले हानेर मारी फरार भएका एक ब्यक्तिलाई प्रहरीले १४ दिन पछि नियन्त्रणमा लिएको छ । नमोबुद्द नगरपालिका वडा नम्बर ७ पुजारी टापु बस्ने ७४ बर्षिय बलबहादुर श्रेष्ठको हत्या आरोपी उनका छोरा रामलाल श्रेष्ठलाई शुक्रवार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो । २०८१ कार्तिक १० गते बाबुको हत्या गरी फरार भएका रामलाल श्रेष्ठलाई प्रहरी र स्थानीयहरुले उनकै घर नजिकै जंगलबाट ढोडको थुप्रोमा लुकेर बसेको अवस्थामा फेलापारी नियन्त्रणमा लिएको वडा अध्यक्ष धर्मसिं लामाले जानकारी दिनुभयो । हत्याको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । ।
Be the first to comment on "बाबुको हत्या गरी फरार भएका छोरा १४ दिन पछि पक्राउ"